|

काठमाडौं : सरकारले थप ९ जिल्लामा स्वास्थ्य बिमा विस्तार गर्ने भएको छ।

आगामी चैत भित्र सम्ममा स्वास्थ्य बिमा कार्यवन्यन गर्ने समाजिक सुरक्षा तथा विकास समितिले जनाएको छ।

बोर्डले स्याङ्जा, दार्चुला, कञ्चनपुर, हुम्ला, मुगु, बाँके, डोल्पा, सङ्खुवासभा, र मोरङ चैत मसान्त सम्ममा स्वास्थ्य बिमा बिस्तार गर्ने निर्णय गरेको स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले बताए। स्याङ्जा फागुन ५ गते बीमा कार्यक्रमको शुभारम्भ भएको छ। भने सिराहा र धनुषा जिल्लामा यस अघिनै बीमा सञ्चाल भएको समेत निर्देशक पोखरेलले बताए। उनले भने ' हामीले चैत मसान्त सम्ममा थप ९ जिल्लामा बिमा विस्तार गर्ने लक्ष्य सहित बिमा बिस्तार गरेका हौँ हालम बिमा विस्तार गर्ने सिलसिलामानै विभिन्न जिल्लाहरुमा छु।'

सरकारको नीति तथा कार्यक्रम एवं बजेटमा चालु आवभित्र सबै जिल्लामा बीमा कार्यक्रम सञ्चालन गर्ने लक्ष्य सहित स्वास्थ्य बिमालाई बिस्तार गर्दै लगेको छ। हालसम्म विभिन्न ३८ जिल्लामा बीमा कार्यक्रममार्फत् १७ लाख भन्दा बढी बीमित भइसकेका छन्।

सरकारले गत वर्ष चैत २५ देखि कैलालीबाट यो कार्यक्रम सुरु गरेको थियो। हालसम्म १४ लाख २३ हजार ६७२ जना स्वास्थ्य बीमामा आबद्ध भइसकेका छन् भने एक अर्ब २२ करोड ३७ लाख ३८ हजार रुपैयाँ बीमितबाट सरकारले उठाइसकेको छ। एक अर्ब २२ लाख रुपैयाँ बढी रकम बीमितहरूको उपचारका लागि अस्पतालहरूलाई दिइसकेको छ।

आर्थिक वर्ष २०७४र०७५ मा स्वास्थ्य क्षेत्रमा ३१ अर्ब ७८ करोड रुपैयाँ बजेट विनियोजन गरेको सरकारले सन् २०२२ सम्म नेपालको स्वास्थ्यसम्बन्धी सूचकांकमा आमूल परिवर्तन ल्याउने र मुलुकलाई विकासशील मुलुकको सूचीमा पार्ने लक्ष्य सहित स्वास्थ्य बिमालाई पनि सरकारले प्राथामिकता लागू गरिरहेको छ।

५ जनाको परिवारले वार्षिक दुई हजार ५०० रुपैयाँ सेवा शुल्क तिरेर बीमा कार्यक्रमा सहभागी हुन पाउने उनले बताए। ५ जनाभन्दा बढी सदस्य भएको परिवारले थप ४२५ रुपैयाँ तिरेर सदस्य बन्‍न पाउँछन्। बीमा कार्यक्रममा सहभागी भएपछि परिवारका सदस्यलाई वार्षिक ५० हजार रुपैयाँ बराबर उपचार खर्च प्रदान गर्ने व्यवस्था छ। स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अस्पतालमा अन्तरंग, शल्यक्रिया, बहिरंग, प्रयोगशाला र औषधि खर्च पाइन्छ। तर कस्मेटिक सर्जरी, घरेलु झैझगडामा चोटपटक, मादक पदार्थ तथा लागूपदार्थ सेवन गरी दुर्घटनामा परेकाले भने यो सुविधा पाउने छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.