|

धनगढी : धनगढी स्टार्सलाई ३९ रनले पराजित गर्दै रुपन्देही च्यालेन्जर्स धनगढी प्रिमियर लिग क्रिकेटको प्ले अफमा पुगेको छ। १५ ओभरको खेलमा १०७ रनको लक्ष्य लिएर आएको धनगढी १४ ओभरमा ६६ रनमा अलआउट भयो।

तेस्रो संस्करणको यस प्रतियोगितामा धनगढीले कुनै पनि जित निकाल्न सकेन। वर्षाले खेल रद्द भएपछि शनिबार धनगढीले महेन्द्रनगरसँग १/१ अंक बाँडेको थियो। रुपन्देहीले भने ३ खेलमा जित र २ खेलमा हार व्यहोरेको थियो। धनगढीको तर्फबाट पवन सर्राफले सर्वा्धिक १५ रन बनाए। त्यस्तै कप्तान सोमपाल कामी ११ र सन्दीप रजाइलीले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बटुल्न सकेनन्।

बलिङतर्फ रुपन्देहीका ललितसिंह भण्डारीले ३ तथा बिक्रम सोबले २ विकेट लिए। बसन्त रेग्मी, पुनित मेहेरा र भीम सार्कीको नाममा १/१ विकेट रह्यो।

टस जितेर ब्याटिङ गरेको रुपन्देहीको तर्फबाट सुमित महर्जनले सर्वा्धिक ३३ रन बनाए। विनोद भण्डारी, बाबर हायत र बिक्रम सोबले बाहेक अन्यले दोहोरो अंकको रन बटुल्न सकेनन्। भण्डारी २४, हायत १९ र सोब ११ रनमा आउट भए। बलिङतर्फ धनगढीका सोमपाल कामी, विपिन खत्री र पवन सर्राफले २÷२ विकेट लिए। अमिर हायत र रोहन मुस्तफाले १÷१ विकेट लिए।

सोमबार बिहान मैदानमा हुस्सु लागेपछि खेल निर्धारित समय भन्दा सवा १ घण्टा ढिलो सुरु भएको थियो। खेल ढिलो सुरु भएपछि २० ओभरबाट १५ ओभरमा झारिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.