|

धनगढी : सुदूरपश्चिम प्रदेशको प्रदेश सभा बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओली सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले बैठक सम्बोधन गर्ने भएपछि प्रदेश सभामा त्यसको तीव्र तयारी भइरहेको छ। प्रदेश सभा आसपासमा सरसफाइ र रंगराेगनसमेत भइरहेको छ। 

प्रधानमन्त्री आउने भएपछि सुरक्षा सतर्कता समेत बढाइएको छ। बुधबार सुदूरपश्चिम प्रदेशको बैठक सम्बोधन गर्न प्रधानमन्त्री ओली मंगलबार नै धनगढी पुग्ने छन्। मंगलबार प्रदेश गौरवको योजनाअन्तर्गत सहजपुर बोगटान दिपायल सडकको शिलान्यास गर्ने र बुधबार प्रदेश सभाको बैठक समम्बोधन गर्ने कार्यक्रम तय भएको छ। बुधबार बिहान ९ बजे प्रधामन्त्रीले प्रदेश सभा सम्बाेधन गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ।


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.