स्वास्थ्य

कुन समयमा कस्तो खानेकुरा खाँदा राम्राे
SHARES

फागुन ६, २०७५

    काठमाडौं : हाम्रो शरीरलाई स्वस्थ राख्नका लागि मात्र नभएर बलियो बनाउन पनि विभिन्न किसिमका पोषणयुक्त खानेकुराको आवश्यकता पर्छ। जसको लागि हामीले कुन समयमा कस्तो खानेकुरा खाने भन्ने कुरा महत्वपूर्ण हुन्छ।

     पोषण विज्ञहरूका अनुसार हरेक खानेकुरामा हुने पौष्टिक तत्वको आधारमा दैनिक खानामा त्यस्ता खानेकुरा समावेश गर्न सके शरीर स्वस्थ हुनुका साथै ऊर्जावान् समेत हुने गर्छ। त्यसैले हामीले दैनिक कुन खानेकुरा कति र कुन समयमा खाने भन्नेमा विशेष ध्यान दिन आवश्यक हुन्छ।

    कुन वेला के नखाने

    दाल तथा गेडागुडी

    प्राय दाल तथा गेडागुडीको तरकारी बिहान तथा दिउँसोको समयमा खानु राम्रो हुन्छ। दिउँसको समयमा गेडागुडी तथा दाल खाने गर्नाले नपच्ने तथा पेटमा ग्यास भरिने समस्या निम्त्याउने गर्छ। कहिलेकाहिँ त खाएको खानेकुरा नपच्ने र पेट दुख्ने समस्या समेत सिर्जित हुने गर्छ।

    दूध/ दही

    धेरैले दूध बिहानको समयमा धेरै खाने गरेको पाइन्छ तर दूध राति खानु स्वास्थ्यको लागि फलदायी हुन्छ। सुत्नुअघि दूध पिउँदा राम्रो निद्रा लाग्छ यस्तै दही खाने राम्रो समय दिउँसो हो।  राति सुत्ने बेला वा बेलुकीको खानामा  भुलेर पनि दही खानु राम्रो हुँदैन। राति दही खाँदा रुघाखोकी तथा कफको धेरै निम्तिने समस्या हुन्छ।

    चिनीयुक्त गुलियो खानेकुरा

    धेरैले बिहान उठेर खाली पेटमा चिनी हालेको गुलियो चिया खाने बानी हुन्छ। तर बिहानको समयमा भन्दा चिनी हालेको खानेकुरा दिउँसो खानु राम्रो हुन्छ। तर रातिको समयमा पनि चिनीयुक्त गुलियो खानेकुरा खानु राम्रो हुँदैन। गुलियो खादा मधुमेहको खतरा बढ्छ राति चिनी खाँदा राम्रोसँग निद्रा नलाग्न सक्छ।

    कफी

    यस्तै कफि भने विहानको समयमा खान राम्रो मानिन्छ। तर खाली पेटमा भन्दा पनि बिहान केही खानेकुरा खाएर कफि खाने गर्नाले कफीले शरीरलाई ऊर्जा प्रदान गर्छ र दिनभर शरीरलाई सक्रिय राख्न सहयोग गर्छ। तर बेलुकीको समयमा भने कफि खानु राम्रो मानिदैन। बेलुकीकाे समयमा कफि खाने गर्दा निद्रा नलाग्ने तथा हातखुट्टा पोल्ने समस्या निम्तन सक्छ।

    भात

    धेरैले भात बिहान खानु राम्रो कि बेलुकी भन्नेमा दोधार हुन्छ। अझै धेरैको बिहान बेलुकी नै टन्न खाना खाने बानी हुन्छ। तर बिहान भन्दा बेलुकी खानाखानु राम्रो हुने चिकित्सकहरूले बताउदै आएका छन्। बेलुकी खाएको खानेकुरा राम्रो पच्ने तथा खानाबाट पाउने पोषकतत्व पनि शरीरको लागि राम्रो सँग लाग्ने गर्छ। तर सकेसम्म बेलुकी खाना कम खानु राम्रो हुन्छ। यस्तै बेलुकीको खानामा माछा मासु खानु राम्रो हुँदैन। माछामासु भने बिहान तथा दिउँसो खानु राम्रो हुन्छ।

    बिहान र बेलुका दुई छाक भात खानु चाहिँ ठीक होइन।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]