|
फाइल फाेटाे

काठमाडौं:  संवैधानिक परिषदले निर्वाचन आयोगको पदाधिकारी नियुक्तिका लागि सिफारिसका विषयमा छलफल सुरु गरेको छ। संवैधानिक परिषदको सोमबार अपरान्ह प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको बैठकले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुको नियुक्तिका लागि सिफारिसका सम्बन्धमा छलफल गरेको हो।

प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुको नियुक्तीका लागि सिफारिसबारे आगामी फागुन १२ गते बस्ने अर्को बैठकले टुंगो लगाउने गरी छलफल गरिएको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए। बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय सभावेशी आयोग, मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोगको सदस्यहरुको सिफारिसका विषयमा पनि छलफल गरिएको थियो।

परिषदको गत माघ ६ गते बसेको बैठकले ती आयोगहरुको अध्यक्षमा सिफारिस गरेपनि सदस्यहरुबारे भने छलफल गरिएको थिएन। त्यसको नियुक्तीका लागि सिफारिस गर्ने विषयमा पनि छलफल गरिएको अध्यक्ष तिमिल्सिनाले बताए। संवैधानिक व्यवस्था अनुसार संवैधानिक परिषदले संवैधानिक आयोगको नियुक्तीका लागि गरेको सिफारिस संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्नुपर्ने हुन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.