|

काठमाडाैं : सडक दुर्घटनामा घाइते बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको सोमबार निधन भएको छ। 

माघ ११ गते  पिकनिकबाट फर्किने क्रममा भट्टराई र सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेल चढेको जिप बाराको पथलैयामा ट्याक्टरको ट्रलीसँग ठोक्किएको थियो। यो दुर्घटनामा एसपी पोखरेलको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनामा भट्टराई गम्भीर घाइते भट्टराईलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो।

भट्टराईको  निधनको पारिवारिक स्राेतले पुष्टि गरेको छ।  भट्टराई चढेको मोटर दुर्घटना रहस्यमय भएको उनको परिवारले गर्दै आएको छ। उनी नेपालको प्रशासनमा उनी स्वच्छ छवि भएको निर्णय क्षमता भएको र सामाजिक व्यक्तित्वका रुपमा परिचय बनाएका थिए। उनले पाँचथर, दोलखा, अछाम, धनकुटा, बनेपा र  काठमाडौं लगायतका जिल्लामा रहँदा निक्कै शुभ चिन्तक बनाउन सफल भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.