|

जनकपुरधाम : धनुषा जिल्लाबाट प्रहरीले बिभिन्न लुटपाटको घटनामा संलग्न रहेका दुई जनालाई कटुवा पेस्तोलसहित पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरूमा धनुषा जिल्लाको विदेह नगरपालिका.४ वस्ने २४ वर्षीय सोमन पासवान र २८ वर्षीय रंजित भन्ने अरुणकुमार पासवान रहेको प्रहरीले जनाएको छ।

२०७५ माघ २५ गते राति १ बजेको समयमा धनुषा जिल्ला कमला नगरपालिका १ मग्राहा स्थित व्रहमदेव यादव र सोही नगरपालिका ३ लग्मास्थित रामचन्द्र यादवको घरमा लुटपाट गरेको घटनाको अनुसन्धानको क्रममा उनीहरूलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक शेखर खनालले पत्रकार सम्मेलनमार्फत जानकारी गराए। उनीहरू दुवैजनाको घरवाट क्रमशः तीनलाख १२ हजार र एक लाख ६७ हजार जिन्सी तथा नगद धनमाल लुटपाट भएको घट्नाको अनुसन्धानको क्रममा उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाई छ।

पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले कटुवा पेस्तोल १ थान, पेस्तोलमा लोड हुने गोली २ राउण्ड, लागुऔषध र नगद नाैहजार ९२५ रुपैयाँसहित उनीहरूलाई पक्राउ गरिएको हो। साथै उनीहरूसँगै रहेका अन्य फरार भएको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक खनालले जानकारी दिए। धनुषाका प्रहरी उपरीक्षक खनालले भने, ‘ प्रहरीको प्रारम्भिक अनुसन्धानबाट निजहरूले उक्त घट्नावाहेक सिरहा, सप्तरी, सर्लाही, महोत्तरी तथा छिमेकी देश भारतको सीमा क्षेत्र भित्रका विभिन्न स्थानहरू समेत डाँका गरेको खुल्न आएको छ।’

पक्राउ परेका रंजित भनिने अरुणकुमार पासवानले गत माघ १६ गते धनुषा जिल्लाको लक्ष्मनिनिया गाउँपालिकास्थित वनिनियामा ३ स्थित राष्ट्रिय धानवाली अनुसन्धान कार्यक्रमको कार्यालयमा डैकती समेत गरेको खुल्न आएको छ। राष्ट्रिय धानवाली अनुसन्धान कार्यक्रम हर्दिनाथ वनिनियाँ धनुषाका प्रमुख सूर्यनारायण साहको उजुरीको आधारमा समेत आरोपीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.