|

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीभित्र सरकारमा सहभागी(मन्त्री) हेरफेर गर्ने तयारी सुरु भएको छ। प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्री हेरफेर गर्ने भद्र सहमति भएको समाचार नेपाल समाचारपत्र दैनिकले छापेको छ।

सरकार गठनपूर्व एक वर्षको अवधिमा मन्त्री हेरफेर गर्ने सहमतिबमोजिम पुरानालाई फिर्ता बोलाएर नयाँलाई पठाउने गृहकार्य अघि बढाइएको हो। सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै जनस्तरमा आलोचना भइरेका वेला आइतबार ओली र दाहालबीच भैँसेपाटीको एक घरमा भएको गोप्य छलफलमा मन्त्री परिवर्तन गरेर भए पनि काम प्रभावकारी बनाउने सहमति जुटेको नेकपाका एक सचिवालय सदस्यले बताए।

उनका अनुसार मन्त्रीहरूले प्रधानमन्त्री ओलीको मूल ‘स्प्रिट’लाई पक्रिन नसकेकाले फिर्ता बोलाउन लागिएको हो। सरकारमा प्रधानमन्त्रीसहित नेकपाका २२ र संघीय समाजवादीका तीन मन्त्री छन्। नेकपाका तर्फबाट तनीन राज्यमन्त्री छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.