|

सल्यान : बुहारीलाई घर निकाला गरेको आरोपमा सल्यानमा सासु–ससुरलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कुमाख गाउँपालिका–६ च्याउखोलाका ४५ वर्षीय यद्धवीर रावत र ४२ वर्षीया पिमकली रावत रहेका छन्।

उनीहरुले २० वर्षीया एलिसा बिकलाई तत्लो जातकी भन्दै घर निकाला गरेको आरोप छ। एलिसका पति २२ वर्षीय टीकाराम रावत भने घटनापछि फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख वीरेन्द्रबहादुर शाहीले बताए। 

टीकाराम र एलिसाले २०७३ सालमा विवाह गरेको थिए। विवाह गरेको केही समयदेखि नै सासु–ससुरा र पतिले तल्लो जातको भन्दै हेला गर्दै आइरहेको र माघ २९ गते कुटपिट गरी घर निकाला गरेको पीडित एलिसाले बताएकी छन्।

एलिसाले आइतबार प्रहरीमा उजुरी दर्ता गराएकी थिइन्। पीडितको उजुरीको आधारमा आरोपितहरुलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी प्रमुख शाहीले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.