|

म्यानचेस्टर युनाईटेडले अर्को बलियो प्रतिद्वन्द्वि चेल्सीलाई पराजित गर्दे एफ ए कपको क्वाटरफाइनलमा स्थान बनाएको छ। युनाईटेड फ्रेन्च स्टार पल पोग्बाको उत्कृष्ट प्रदर्शनमा २–० को जित निकाल्न सफल भयो।

चेल्सीको घरेलु मैदान स्टाम्फर्ड ब्रीजमा भएको खेलमा ३१ औं मिनेटमा पोग्बाको क्रसमा एन्देर हरेराले गोल गर्दै युनाइटेडलाई सुरुवाति अग्रता दिलाए। पहिलो हाफको अन्तिम मिनेटमा मार्कस रासफर्डको क्रसलाई पोग्बाले आकर्षक हेड गर्दै दोस्रो गोल गरे। पहिलो हाफको दुई गोलनै चेल्सीलाई घरेलु मैदानमा पराजित गर्न पर्याप्त भएको थियो।

घरेलु टोली चेल्सीले खेलको सुरुवातमा पाएको अवसर सदुपयोग गर्न नसक्दा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरियो। युनाइटेडले अब क्वाटरफाइनलमा वल्भसको सामना गर्नेछ। चेल्सीभने निरन्तर खराव प्रदर्शनले चिन्तीत छ। उसले पछिल्ला १० खेलमध्य ५ जित र ५ खेलमा हार बेहोरेको छ। क्वाटरफाइनलका अन्य खेलमा वाट्फोर्डले क्रिष्टल प्यालेस, म्यानचेस्टर सिटीले स्वान्सी सिटी तथा मिलवालले ब्राइटनसँग प्रतिष्पर्धा गर्ने छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.