|

बैतडी : करेन्ट लागेर बैतडीमा एक विद्युत् कर्मचारीको  मृत्यु भएको छ। मृत्यु हुनेमा पाटन नगरपालिका–६ का ५५ वर्षीय भानसिंह खत्री रहेका स्थानीय दिनेश विष्टले जानकारी दिए।

मंगलबार बिहान पौने ८ बजे स्थानीय सुर्नयागाड जलविद्युतको विद्युतगृहमा फ्युज हाल्ने क्रममा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गिन्द्र बोगटीले बताए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.