|

हेटौँडा : बसको ठक्करबाट हेटौँडा उपमहानगरपालिका–१९ मा एक यात्रुको मृत्यु भएको छ। मृत्यु हुने करिब ५५ वर्षका पुरुषको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।

सोमबार राति १० बजे पूवै–पश्चिम राजमार्गमा पर्ने बस्तीपुरमा काठमाडौंबाट इलामतर्फ जाँदै गरेको ना ५ ख ५२४६ नम्बरको बसले ठक्कर दिँदा पैदल यात्रीको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। यात्रुलाई ठक्कर दिई फरार भएको बसलाई थानाभ¥याङबाट नियन्त्रणमा लिइए पनि चालक भने फरार रहेका छन्।

यस्तै, सोमबार साँझ भिमफेदी गाउँपालिका–१ सामरीस्थित ग्रामीण सडकखण्डमा मिनी ट्रकको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते भएको छन्।

हेटौडाबाट गढीतर्फ जाँदै गरेको ना ४ ख ५००० नम्बरको मिनी ट्रकले ना ४५ प ३००२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गढी गाउँपालिका–५ कालीवनका २८ वर्षीय सन्तोष घिमिरे गम्भीर घाइते भएका हुन्। घाइते घिमिरेको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ। ट्रकलाई नियन्त्रणमा लिइए पनि चालक फरार रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.