|

पोखरा : पोखरा म्याराथनमा विभिन्न देशका धावकहरुसँगै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ पनि सहभागी भएका छन्। मुख्यमन्त्रीसँगै कानुनमन्त्री हरिबहादुर चुमान, एनआरएनका निवर्तमान अध्यक्ष शेष घले, तथा गण्डकी प्रदेशका सांसदहरू पनि दौडिए।

मंगलबार मुख्यमन्त्री गुरुङसहितको टोलीले पोखरा रंगशालालाई एक फन्को लगाएको हो। रंगशालालाई एक फन्को मारेका मुख्यमन्त्री गुरुङले स्वास्थ्यको लागि गण्डकी प्रदेशको पर्यटन प्रवर्धनका लागि दौडिएको बताए। ‘स्वास्थ्का लागि पनि दौड महत्त्वपूर्ण छ। खेलाडीहरूको हौसला बढाउन दौडिएको हुँ,’ उनले भने,

भूतपूर्व खेलाडी मञ्चको आयोजनामा भएको १३ औँ सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनमा नेपालसँगै फ्रान्स, जापान, कोरिया, चीन, अष्ट्रेलियाका धावकहरू सहभागी छन्। म्याराथनलाई रन फर फन नारा दिइएको छ।

गिनिज बुक्स अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल १३ औँ पटकका सगरमाथा आरोही तेन्जिङ शेर्पा र माउन्ट किनाबुलु मलेसियामा १९९१, १९९२ र १९९३ मा कीर्तिमानधारी अन्तर्राष्ट्रिय धावक ले.कुशाङ गुरुङको उपस्थिति रहेको छ। त्यसैगरी नायिका तथा सगरमाथा आरोही रोजिता बुद्धाचार्य, सगरमाथा आरोही देउराली चाम्लिङ, स्तन क्यान्सर विरुद्धकी अभियन्ता तथा पूर्व भलिबल राष्ट्रिय खेलाडी मञ्जु गुरुङ लगायतको सहभागिता रहेको छ।

म्याराथनमा ४२ किलोमिटर देखि पाँच किलो मिटर, १० किलो मिटर लगायतको विभिन्न चरणको दौड भइरहको छ। 
 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.