|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साझा यातायातले ल्याएको सुविधायुक्त नयाँ ३० वटा बसको औपचारिक शुभारम्भ गरेका छन्। 

साझा बस सेवाको प्रधानमन्त्रीले पुल्चोकस्थित साझा यातायातको कार्यालय हातामा शुभारम्भ गरेपछि प्रधानमन्त्री प्रचण्ड साझा यातायातमा चढेर सिंहदरबार गएका छन्। प्रधानमन्त्रीका साथै यातायात मन्त्री रमेश लेखक, मन्त्रालयका सचिवहरु पनि सोही बस चढेर सिंहदरवार गएका छन्।

शुभारम्भसँगै साझाले ३० वटा थप सुविधायुक्त बस आइतबारदेखि सञ्चालनमा ल्याएको छ।

यी हुन् साझा बसका रुट:

- लगनखेल, जाउलाखेल, कुपण्डोल, त्रिपुरेश्वर, एनएसी, जमल, लैनचौर, लाजिम्पाट, त्रिवि शिक्षण अस्पताल, नारायणगोपाल चोक, बसुन्धारा, सामाखुसी हुँदै नयाँ बसपार्कसम्म दुईतर्फी 

- त्रिभुवन विमानस्थल, गौशाला, रातोपुल, डिल्लीबजार, बागबजार, पुरानो बसपार्क, सहिदगेट, जमल, लैनचौर, सोह्रखुट्टे, नयाँबजार, बालाजु हुँदै बसपार्कसम्म दुईतर्फी

- कोटेश्वर, तीनकुने, बानेश्वर, माइतीघर, सिंहदरबार, शहिदगेट, त्रिपुरेश्वर, टेकु, कालिमाटी, कलङ्की, सीतापाइला हुँदै स्वयम्भूसम्म दुईतर्फी 

- ग्वार्को, सातदोबाटो, लगनखेल, जाउलाखेल, कुपण्डोल, त्रिपुरेश्वर, जमल, लाजिम्पाट, नारायणगोपाल चोक, गङ्गालाल अस्पताल हुँदै बूढानीलकण्ठसम्म दुईतर्फी 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.