|

काठमाडाै‌‌ : माघ शुक्ल पूर्णिमा। मंगलबार स्वस्थानी व्रत समापन गरियो।   हरेक वर्ष पौष शुक्ल पूर्णिमामा सुरू गरी माघ शुक्ल पूर्णिमासम्म स्वस्थानीको व्रत बस्ने, पूजा गर्ने र कथा सुन्ने परम्परा छ। माघ शुक्ल पूर्णिमाका दिन दीप, कलश गणेशको पूजा गरी अष्टदलमा अष्टमातृकाका बीचमा श्रीस्वस्थानीको विशेष आराधना गरेको खण्डमा पुण्य मिल्ने तथा मनोकांक्षा पूरा हुने विश्वास छ ।

सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि विष्णुको सल्लाहअनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको र पछि उनले लोककल्याणका निम्ति यो व्रतकथा प्रचारप्रसार गराइ गरीब तथा दुःखीहरूको उद्धार गराएको विश्वासमा परम्परागत रूपमा यो कथा प्रचलित हुँदै आएको मानिन्छ ।

यसैगरि काठमाडौंको उत्तरपूर्व साँखुस्थित शाली नदी र भक्तपुरको हनुमानघाटमा लागेको माधवनारायण मेला पनि सम्पन्न भएको । माघस्नान र स्थानीय तीर्थस्थलमा लागेका मेला–पर्वहरू पनि  माघ शुक्ल पूर्णिमामै सम्पन्न हुन्छन्। 

भक्तपुरको हनुमानघाटमा माधवनारायणको मेलाको सम्पन्न हुँदाको क्षण फोटोमा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.