|

काठमाडौं :

पत्रकार राजन कार्कीको पुस्तक 'राजा, नव-बास्सा' नेपालको पछिल्लो राजनीतिक तथा सामाजिक परिवेशको चित्रण हो।

केही समयअघि विमोचित पुस्तकले अहिले नेपाली जनताले भोग्नु परेका यथार्थलाई प्रतिबिम्बित गरेको छ।

नेपालीले आफ्नो संस्कृति भुल्दै गएकोमा चिन्ता व्यक्त गरिएको छ भने धर्म परिवर्तन तथा सानातिना मुद्दामा विदेशीको सोझो हस्तक्षेपको पनि चित्रण गरिएको छ। लेखकले नेपाली नेतामा मुलुक बनाउने इच्छा शक्ति भएको पाएका छैनन्। उनी लेख्छन्- 'राष्ट्र बनाउने इच्छाशक्ति भएको 'राजनेता' नेपालको आवश्यकता हो। त्यो इच्छाशक्तिको झल्को नेकपाले भाषणमा, घोषणापत्रमा दिन सफल भयो, चुनावी विजय यी दुईको राजनीतिक सम्मोहनकलाको सफलता पनि हो। तर परिणाममा निरुत्साहीत छ।'

लेखक कार्कीका यी पंति पक्कै पनि दुइतिहाइ नजिकको सरकारबाट जनता उत्साहित हुन सकेका छैनन्। हुनत् विकास एकाएक हुने होइन। पूर्वाधार निर्माणको काममा समय लाग्छ नै। आफ्नो पूर्ण कार्यकाल पूरा गर्दासम्म सरकारलाई अझै धेरै समय हुनेछ। तर पुस्तकमा अहिलेसम्म जनताको भोगाइ र नियतिलाई चित्रण गर्नु अनुचित पनि होइन।

पुस्तकमा केही पक्षमा राजनीतिक दलका नेताहरूलाई आक्षेप र पूर्वराजा ज्ञानेन्द्रलाई उक्साउने खालका शब्दहरू खर्चिएका छन्। उनले लेखेका छन् : धृतराष्ट्रको समय समाप्त भएको कुरा श्रीकृष्णले यसरी भनेका छन्। 'सुकेको रुख कि त काटिन्छन् कि उखेलिन्छन्। नाश नहुने कुरा माटो, राष्ट्र र जनता हो। बाँकी त सबै नासवान छन्।' खोइ बुझेको।

उनले नेपाली राजनीतिमा युवालाई अवसर नदिएकोमा चिन्ता जनाएका छन्। वृद्ध नागरिकको रूपमा आराम गर्नुपर्ने नेताहरू आर्यघाट नपुग्दासम्म कुर्सी नछोड्ने प्रवृतिविरुद्ध उनी खरो ढङ्गले प्रस्तुत भएका छन्।

पुस्तकले समकालीन नेपालको राजनीतिक, आर्थिक तथा सामाजिक पक्षमा राम्रो विवेचना गरेको छ। तर पुस्तक समाधानमुखी भने छैन। यसमा समस्यै समस्याको चाङ छ। कतिपय ठाउँमा विरोध हाबी छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.