२२ अंक उछाल

|
File Photo

काठमाडौं : लामो समयपछि मंगलबार शेयरबजार परिसूचक हरियो देखिएको छ। कहिलेकाही बजार उकालो लाग्ने तर लामो समयसम्म ओरालो लाग्ने प्रवृति अहिले बजारमा देखिएको लगनीकर्ताहरूको गुनासो रहेको छ।

बजार सुधारको नाममा विभिन्न चरणका आन्दोलन गरेका लगानीकर्ताहरूले बजार घट्नुका कारण भने महिनैपिच्छे फरक देखाउने गरेका छन्। सुरुवातामा लाभकरको विषय उठाएर आन्दोलन गरेका लगानीकर्ता पछिल्लो समय बजार विस्तार र व्याजदर नियन्त्रणको माग गरेर आन्दोलन गरे।

लगानीकर्ताहरूको मागका विषयमा अर्थमन्त्री र सरकारले कहिले कार्यदल बनाएर प्रतिवेदनका आधारमा सुधार तर्फ लागेका छन् त कहिले ठाडो निर्देशन तर, बजारमा अपेक्षित सुधार आउन सकेको छैन। मंगलबार संसदको अर्थ समितिले बोलाएको बैठकमा सरोकारवालारले पुँजी बजारमा सुधार आवश्‍यक रहेको उल्लेख गरे पनि कस्तो सुधार भन्ने विषयमा 'कर्मअनुसारको मर्म' शैलीबाट प्रस्तुति दिए।

नेपाल इन्भेस्टमेन्ट फोरमका अध्यक्ष छोटेलाल रौनियारले सरकारले घट्दो बजार प्रवृति सामान्य नभएर ध्वस्तै हुने हो कि भन्ने त्रासमा रहेको बताए। उनले बजार बढाउनको लागि दुई उपाय दिए, बैंकहरूलाई ब्रोकरको लाइसेन्स दिएर कारोबार सुरु गर्नु पर्ने र व्याजदर घटाउनु पर्ने। त्यति मात्रै हैन बजार सुरधाको लागि कम्तिमा तीनवर्षे योजना ल्याउन पनि माग गरे। तर, राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत व्याजदर नियन्त्रणको प्रयास गरेको छ भने बैंकलाई ब्रोकरको लाइसेन्स दिने बाटो खुला गरिसकेको अवस्था छ।

रौनियारले प्रतिस्पर्धा नभएको कारण बजार घटेकोसम्म टिप्णी गरिरहँदा  ब्रोकर एसोसियसनका अध्यक्ष भरत रानाभाटले भने बैंकलाई ब्रोकरको लाइसेन्स दिँदा थप समस्या हुन सक्ने बताउँछन्। उनले प्रत्येक स्थानीय तहबाट कारोबार गर्न ब्रोकर नै तयार रहेको बताए। बैंकलाई ब्रोकरको लाइसेन्स दिँदा स्वार्थ बाझिने उनको तर्क रहेको छ। उनले बजार घट्दा संचयकोष जस्ता संस्थाले निश्‍चित प्रतिशत शेयर किन्नु पर्ने पनि बताए।

शेयर बजार लगानीकर्ता हरि ढकालले शेयरमा देखिएका समस्या समाधान गर्न नीति बनाउन ढिला गर्ने र नीति कार्यान्वयन गर्न थप ढिला हुने भएका कारण बजारमा त्यसको नकारात्मक प्रभाव देखिएको दाबी गरे। 'शेयर बजारमा तत्काल स्लाइन चढाउनु पर्ने अवस्था औँल्यायौँ तर चढाएनौँ' ढकालले भने 'नीति बनाउन तीन वर्ष लाग्ने कार्यान्वयन गर्ने अर्को तीन वर्ष लाग्ने अवस्था छ।'

पुँजीबजार विज्ञ गोपाल भट्टले संसदीय समितिमा अहिले यो विषयलाई उठाइनु नै नकारात्मक भएको बताउँछन्। उनले सन् २००९/२०१० प्रतिफल प्राप्ति शतप्रतिशतसम्म भएको र अहिले प्राप्तिमा २९ प्रतिशतसम्म कम भएको तथ्यांक प्रस्तुत गर्दै स्वभाविक भएको बताए।

तर, बजारमा उछाल आउनुमा नियमनकारी निकायमा बसेका व्यक्तिहरूको बोलीको प्रभाव पर्ने दाबी गरे। 'कहिले जुवा भनिन्छ, कहिले लगानी योग्य रकम भनिन्छ, यसले बजारमा प्रत्यक्ष प्रभाव पार्छ' भट्टले भने। शेयर बजारका विषयमा दिइने सूचनाले नै बजारमा प्रभाव परेको समेत दाबी गरे।

भट्टले अहिलेको आर्थिक सूचकहरू सकारात्मक रहेर पनि बजार नकारात्मक रहेको टिप्पणी गरे। 'शोधानान्तर अवस्थाबाहेक इकोनमोक स्टक्चर हाइहाइ गर्ने खालको छ यस कारणले बजार घट्नु पर्ने कारण छैन' भट्टले भने 'स्टक्चरल समस्याका कारण बजारमा प्रभाव परेको छ।'

शेयर बजारमा अपरिहार्य मानिने बर्न र डेलीभरी मार्केट दुवैको भूमिका कमजोर भएको उनले बताए। विज्ञ भट्टले सधैँ बजार बढ्नु पर्छ भनेर माग गर्ने प्रवृति गलत हुने भन्दै यसतर्फ सचेत गराए।

उता नेपाल स्टक एक्सेन्जका महाप्रबन्ध चन्द्र सिंह साउद पनि अनलाइन प्रणाली कार्यान्वयनमा आएसँगै बजारमा सकारातम्क प्रभाव परेको दाबी गरे। 'बजारमा व्यक्त गरिएको जस्ता अवस्था हैन। ७१ दिनमा अनलाइन प्रणालीबाट तीन अर्बभन्दा बढीको कारोबार भएको छ। यो दोस्रो बजारको जम्मा कारोबारको १२ प्रतिशत हो' साउदले भने।

यसैबीच, मंगलबार शेयरबजार २२.४४ अंकले बढेको छ। शेयर बजार २.०२ प्रतिशतले बढेर ११२४.९६ अंक पुगेको हो। मंगलबार २१ करोड ४५ लाख रुपैयाँ बारबारको शेयर कारोबार भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.