|

हेटौंडा : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेपाली मिडियाहरूले नकारात्मक समाचारलाई प्राथमिकता दिएको आरोप लगाएका छन्।

राष्ट्रिय प्रजातन्त्र दिवसको सन्दर्भ पारेर प्रदेश ३ को मुकाम हेटौंडामा  मंगलबार भएको प्रवचन कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले मिडियाहरूमा सदैव नकारात्मक हेडलाइनलाई प्राथमिकता दिएको आरोप लगाएका हुन्। उनले मिडियाले विकास र समृद्धिको विषयमा बहस गर्न छाडेर नकारात्मक समाचारलाई विगतका दिनहरुमा प्राथमिकता दिएको आरोप लगाएका हुन् । लामो समयको अस्थिर राजनीतिको कारण देश समृद्धिको दिशातर्फ अगाडि बढ्न नसकेको समयमा मिडियाले नकारात्मक समाचारलाई मात्र प्राथमिकता दिएको बताउँदै विस्तारै समृद्धिका विषयमा मिडियाले बहस सुरु गर्न थालेकोमा भने खुशी व्यक्त गरे।

देशमा लामो समयसम्म चलेको अस्थिर राजनीतिको कारण देशमा विकासले गति लिन नसकेका पौडेलले बताए। उनले हाल देशमा रहेको संघीय, प्रदेश र स्थानीय सरकार सुखी नेपाली समृद्धि नेपाल निर्माणमा जुटेको बताउँदै अब देशमा विकासले गतिलिने र कोही पनि वेरोजगार बस्नु नपर्ने दावी गरे।

उनले देशमा भर्खरै लागू भएको प्रधानमन्त्री रोजगारी कार्यक्रम र योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले देशमा नयाँ उत्साह थपिएको दावी गरे। उनले  पूर्वाधार विकास, कृषि आधुनिकिकरण, पर्यटन प्रवर्द्धन, युवा उद्यम तथा भौतिक पूर्वाधारको विकासमा प्रदेश सरकार लागिरहेको बताए।

मुख्यमन्त्री पौडेलले समृद्धि हासिल भए प्रजातन्त्र स्थापना भएको सार्थकता हुने बताउँदै देशमा व्यवस्था मात्र नभएर नेपालीहरुको सपना र आकांक्ष पनि बदलिएको दावी गरे। उनले सूचना र प्रविधिको उच्चतम प्रयोगबाट तीब्रतर गतिमा विश्वको विकास भइरहेको बताउँदै नेपालीको जीवनयापन अझै कष्टकर हुनु दुभार्गग्य भएको टिप्पणी गरे। ‘हजारौं बालबालिका शिक्षाबाट बञ्चित छन्। युवा रोजगारको अवसरमा भौतारिरहेका छन्। प्रचुर सम्भावना भएर पनि विकास नहुनु हाम्रो दुर्भाग्य हो’, उनले भने।

प्रवचन अगाडि हेटौंडा–४ स्थित भुटनदेवी उच्च माविको प्रांगणबाट सुरु भएको र्‍याली, स्कुलरोड, बुद्धचोक, चेम्बरमार्ग हुँदै हेटौंडा–२ स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर कोणसभा परिणत भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.