चारवर्षदेखि क्वाटरफाइनलमै सिमित

|

स्पेनिस लिग लिडर बार्सिलोना च्याम्पियन्स लिगअन्तर्गत आफ्नो पहिलो लेगमा फ्रेन्च क्लब ओलम्पिक  लियोनविरुद्ध प्रतिष्पर्धा गर्दै छ। बार्सिलोना पछिल्ला वर्षहरूमा युरोपकै प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा निस्प्रभावी देखिंदै आएको छ।

अन्तिम १६ का लागि मंगलबार राति १.४५ मा हुने भिडन्तमा बार्सिलोना तुलनात्मक रुपमा सहज मानिएको लियोनविरुद्ध मैदान उत्रदाँ सहज जितको खोजीमा हुने छ। तर पछिल्लो समय बार्सिलोना अस्थिर प्रदर्शनको सिकार भएको छ। बार्सिलोनाले पछिल्ला ५ मध्ये ३ खेलमा बराबरी खेल्दा २ खेलमा जित निकालेको छ।

त्यसैले बार्सिलोना निश्चित जितसहित पहिलो लेगमानै क्वाटरफाइनल यात्रालाई बलियो बनाउने ध्याउनमा हुने छ। कोपा डेल रे मा एथलेटिको क्लबसँग गोलरहित बराबरीमा रोकिएको बार्सिलोनाले गत आइतबार लालिगामा भने रियल भालाडोलीडलाई १–० को संघर्षपूर्ण खेलमा पराजित गरेको थियो। ५९ हजार दर्शक क्षमता रहेको लियोनको घरेलु मैदान ग्रुपमा स्टेडियममा हुने खेलमा बार्सिलोनालाई कडा चुनौती दिने छ।

पछिल्ला पाँच खेलमा १ खेलमा मात्र पराजित भएको लियोन फ्रेन्च लिग वानको अंक तालिकामा तेस्रो स्थानमा रहेको छ। लियोनले पछिल्ला पाँच खेलमा लिग वानअन्तर्गत शीर्ष स्थानको पिएसजीसँग २–१ ले पराजित भएयताका कुनै पनि खेलमा हार ब्योहोरेको छैन। त्यसैले सोहि लयलाई बार्सिलोनाविरुद्ध पनि कायम राख्ने विश्वास लिएको छ।

चारवर्षदेखि क्वाटरफाइनलमै सिमित

बार्सिलोना पछिल्लो चार वर्षयता क्वाटरफाइनलमा नै सीमित भएको छ। २०१५ मा च्याम्पियन्स लिगको फाइनलमा युभेन्टसलाई ३–१ ले हराउँदै उपाधि जितेयता बार्सिलोनाले क्वाटरफाइनल यात्रा पार लगाउन सकेको छैन। बार्सिलोना गत संस्करणमा रोमालाई पहिलो लेगमा ४–१ ले पराजित गरेपनि दोस्रो लेगमा ३–० ले पराजित भएपछि समग्रमा ४–४ गोल भए पनि अवे गोलका आधारमा क्वाटरफाइनलबाटै बाहिरियो। त्यसोत २०१७ मा पनि बार्सिलोना युभेन्टससँग क्वाटरफाइनलमानै रोकिन पुगेको थियो। पहिलो लेगमा निकालेको ३–० को जितनै युभेन्टसलाई सेमिफाइनल पुग्न पर्याप्त रहेको थियो। उत्त संकरणमा युभेन्टस रियल म्याड्रिडसँग फाइनलमा पराजित भएको थियो।

बार्सिलोनाका लागि २०१६ पनि विर्सन लायक रह्यो। एथलेटिको म्याड्रिडसँग पहिलो लेगमा २–१ को अग्रता बनाएपनि दोस्रो लेगमा बार्सिलोना २–० ले पराजित भएप छि समग्रमा ३–२ ले पराजित हुँदे क्वाटरफाइनलबाट बाहिरियो। त्यसैलेपनि यो सिजन बार्सिलोनाका लागि पछिल्ला खराव नतिजालाई अन्त गर्नु मुख्य चुनौतीका रुपमा रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.