|

काठमाडौं : बहुमूल्य जडिबुटी यार्चागुम्बासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवनका सुजन थारू रहेका छन्। थारुलाई महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको प्रहरी टोलीले मंगलबार भत्केपूलबाट पक्राउ गरेको हो।

उनको साथबाट प्रहरीले एक सयभन्दा बढी यार्चा, ४३ हजार नेपाली रुपैयाँ र अमेरीकन डलर समेत बरामद गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए। थारुमाथि थप अनुसन्धान भइरहेको प्रहरो प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.