|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकलाई हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै मंगलबार माइतीघर मण्डलमा प्रदर्शन गरेको छ। राप्रपा अध्यक्ष कमल थापालगायतको नेताहरूको सहभागितामा प्रजातन्त्र दिवसको अवसर पारेर मुलुकमा हिन्दु राष्ट्र कायम गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने लगायतका माग राख्दै मंगलबार दिउँसो माइतीघर मण्डलामा प्रदर्शन गरेको हो।

त्यस्तै, अध्यक्ष थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ओलीलाई ज्ञापन पत्र बुझाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई बुझाइएको ज्ञापन पत्रमा धर्म निरपेक्षता तत्काल खारेजी गर्न र राजसंस्थासहितको प्रजातन्त्रका लागि सर्वपक्षीय गोलमेच सम्मेलन आयोजना गर्न माग गरिएको छ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वार्थमा केन्द्रित भएरअघि बढन सबै राजनीतिक दलहरूलाई आह्वान गरेका छन्। उनले दलीय स्वार्थभन्दा  माथि उठेर मुलुकको हितमा केन्द्रित हुने सबै गतिविधिलाई सरकारले साथ दिने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.