|

पोखरा : १७ औँ संस्करणको आहा रारा गोल्डकपको तयारी पूरा भएको आयोजक साहरा क्लब पोखराले जनाएको छ। मोफेसलमा नै चर्चित गोल्डकप आहा राराको यस संस्करण आगामी फागुन ९ देखि १८ गतेसम्म पोखरा रंगशालामा चल्ने छ।

हिमश्री फुड्स प्रालीको उत्पादन रारा चाउचाउको प्रायोजनमा आहा रारा गोल्डक हुँदै आइरहेको छ। ‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने नाराका साथ गोल्डकपको तयारी पूरा भएको आयोजकले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिए। यस वर्षको आहा रारा गोल्डकप विजेताले आठलाख एकहजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाण–पत्र पाउने साहरा क्लबका अध्यक्ष केशबबहादुर थापाले जानकारी दिए। त्यस्तै उप विजेता टिमले चार लाख एक हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाण–पत्र पाउनेछ। यस वर्षको गोल्डकको विभिन्न विधाको पुरस्कारको प्रायोजक पनि टुंगो लागिसकेको आयोजकले जनाएको छ। 

उप विजेताको नगद पुरस्कारको प्रायोजन हिमाअस् एजुकेशन कन्सेल्टेन्सीले गरेको छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एउटा अप्रिला स्कुटर भने डी लाइफ स्टाइल्स प्राली काठमाडाै‌ंले प्रायोजन गरेको छ। वेष्ट अफ फाइफ विधा तर्फको पुरस्कार साहरा क्लबको सल्लाहकार संस्था पृथ्वी राजमार्ग बस सञ्चालक समितिले प्रायोजन गरेको छ।

बेस्ट फाइभमा प्रत्येकलाई जनही नगद १५ हजार ट्रफी र प्रमाण–पत्र प्रदान गरिने बताइएको छ। यसैगरी सनराइज ड्राइभिङ स्कुल प्रालीले सर्वाधिक गोलकर्ता खेलाडीलाई नगद २५ हजारको साथमा ट्रफी र प्रमाण पत्र प्रदान गर्नेछ। त्यस्तै सहभागि प्रत्येक क्लबलाई एक खेल खेले वापत अतिरिक्त प्रोत्साहन रकम दिने आयोजक संस्थाको निर्णय अनुसार प्रि–क्वाटर विजेता टिमलाई २० हजार र पराजित टिमलाई १० हजार प्रदान गरिनेछ। त्यस्तै क्वाटर फाइनल विजेता टिमलाई ३० हजार र पराजित टिमलाई २० हजार, सेमिफाइल विजेता र पराजित दुवै टिमलाई ५० हजार रकम उपलब्ध गराइनेछ। साथै प्रतियोगितामा सहभागी टिमको दैनिक भत्ता र दुई तर्फी यातायात खर्च आयोजक संस्थाले व्याेहोर्ने छ।

टिकट काटेर खेल हेर्न आएका दर्शकलाई विगतका वर्षमा झैँ एक लाख रुपैयाँ बराबरको चाउचाउ निशुल्क वितरण हुने आयोजकले जनाएको छ। रेडबुलको उप प्रायोजक, एक्स टेप स्र्पोट फेशन अफिसियल स्पाेर्ट वयर पार्टनर, लुम्बिनी विकास बैंक लि. अफिसियल बैंक, पोखरा महानगरपालिकाको संयोजन, नेपाल पर्यटन बोर्ड प्रवर्द्धक, राखेप, एन्फा, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, कास्की जिल्ला खेलकुद विकास समिति, एन्फा कास्की, वेयन भेन्यू होटल होटल पार्टनर, फेयर प्ले रोयल इन्फिलिड, इको पानी अफिसियल ड्रिंकिङ वाटर, गण्डकी मेडिकल क्लेज अफिसियल हस्पिटल, बुद्ध एयर अफिसियल एयरलाइन्स, बाबा हार्डवयर एण्ड सेनेटरीवयर, मुग्लाङ रेष्टुरेष्ट मिडटाउन सभागृहचोक सहयोगी रहेका छन्।

एक्सन स्पाेर्टस टेलिभिजन, एलजीटिभी, कोकाकोला, सानमिगल वियर, मेची बस व्यवसायी प्राली, वल्ड लिङ, नारायणी स्टिल वीरगंज, कानुन व्यवसायी एवं समाजसेवी हङकङ निवासी देव गुरुङ र सभासद राजिव गुरुङ लगायतका संघसंस्था एवं ब्यक्तिहरू आरा रारा गोल्डकपको विशेष सहयोगीको रुपमा रहेका छन्।प्रतियोगिताको वेष्ट फाइभ, वेष्ट प्लेयर, फेयर प्ले, म्यान अफ दि म्याच, अफिसियल ट्रफी साथै मेडल एवं म्यान अफ दि म्याचको नगद ५ हजारको व्यवस्थापन एवं प्रायोजन सहारा युकेले गरेको छ। त्यस्तै प्रतियोगिता अवधिभर टिकट काटी अवलोकन गर्ने दर्शक मध्ये १ जना दर्शकलाई चौधरी ग्रुपको उत्पादन सिजी इलेक्ट्रोनिक्सबाट एक थान सजीटिभी प्रदान गरिनेछ।

बाबा फाउण्डेशनबाट स्वच्छ हराभरा, पोखरा अभियानका साथ प्रत्येक दिन १/१ थान ५ हजार बराबरको डष्टविन प्रदान गरिने बताइएको छ। यस प्रतियोगितामा गेट टिकट प्रत्येक प्रि–क्वाटरका खेलहरूको ८० रुपैयाँ, क्वाटर फाइनलको १००, सेमिफाइनल १५० र फाईनल खेलको २०० रुपैयाँ तोकिएको छ।  गत वर्षदेखि राष्ट्रिय स्तरका खेलाडीहरू मध्येबाट सम्मानित गर्ने निर्णय भए अनुसार २०७४ साल भरिमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी एक जनालाई सर्वाेत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७५ मा ३५ हजार रुपैयाँको साथ प्रमाण पत्र, दोसल्लाको साथ सम्मान गर्ने गरिएको छ। उक्त पुरस्कारको प्रायोजन सहारा क्लब पोखराका मानार्थ सदस्य खेमबहादुर गुरुङले गरेका छन्।  

यस वर्षको प्रतियोगिताबाट पनि वचत हुन आउने रकम सहारा क्लब पोखराद्बारा सञ्चातिल सहारा फुटबल एकेडेमी सञ्चानार्थ खर्च हुने क्लबले जनाएको छ। साथै विगतका वर्षमा झै यस वर्ष पनि प्रत्येक टिकटमा १ फुटबल खेल मैदान मर्मत सम्भारको लागि छुट्याइने क्लबले बतायो।

प्रतियोगिताको उद्घाटन खेल आयोजक साहरा क्लब पोखरा र शसस्त्र प्रहरीको एपीएफ क्लबबीच हुनेछ।  

यी हुन् आहा रारा गोल्डकपमा सहभागी १० टिम 

१. मनाङ मर्स्याङदी क्लब            
२. त्रिभुवन आर्मी क्लब    
३. नेपाल ए. पि. एफ. क्लब                 
४. नेपाल पुलिस क्लब
५. धरान फुटबल क्लब, सुनसरी            
६. युनाइटेड सिक्किम फुटबल क्लब, भारत 
७. थ्री स्टार क्लब                    
८. सहारा क्लब पोखरा
९. धउफिन्स फेमिली टिम फुटबल क्लब, क्यामरुन    
१०. हिमालयन शेर्पा क्लब

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.