|
File Photo

लहान : सप्तरीको राजविराजमा नेपाली सेनाको सहयोगमा स्वाथ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित स्वास्थ्य शिविरमा उपचारका लागि आएका एक व्यक्ति मंगलबार बिहान शौचालयमा मृत फेला परेका छन्।

कञ्चनरूप नगरपालिका ६, धरमपुरका करिब ६२ वर्षीय गंगा मोची शौचालयमा मृत फेला परेका हुन्। मुटु तथा उच्च रक्तचापका रोगी रहेका मोची शिविरको अस्थायी शौचालयमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। उनलाई हृदयाघात भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

पत्नी धनेश्वरी र छोरीसहित उपचारका लागि सोमबार राजविराजस्थित पवि मा.वि.आएका मोची घुइँचोको कारणले नाम दर्ता गराउन नसकेपछि शिविर सञ्चालन गएिको माविकै चौरमा रात बिताएका थिए। बिहान करिब ५ बजे शौचालय गएका मोची लामो समयसम्म नफर्किएपछि हेर्न जाँदा मृत अवस्थामा फेला परेको पत्नी धनेश्वरीले बताइन्।

शिविरमा सोमबार साँझसम्म चार सय जनाको शल्यक्रिया र ९ हजार दुई सय ९३ जनाले स्वास्थ्य उपचार गरिएको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. चुमनलाल दासले जानकारी दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.