|

दाङ : नेपाली कांग्रेसका नेता एवं प्रदेश ५ का सांसद डिल्लीबहादुर चौधरीले कुनै पनि हालतमा बुटवल प्रेदश राजधानी हुनै नसक्ने बताए। दाङको तुलसीपुरमा मंगलवार प्रदेश टुडे राष्ट्रिय दैनिकको प्रथम वार्षिक उत्सव कार्यक्रमलाई सम्वोधन गर्दै प्रदेश ५ का लेखासमितिका सभापति समेत रहेका चौधरीले बुटवल राजधानी हुनै नसक्ने जिकिर गरे।

‘बालकृष्ण दाइले अरु पाँच वटा आन्दोलन गरे पनि कुनै पनि हालतमा बुटवल स्थायी राजधानी हुनै सक्दैन’, सांसद चौधरीले भने, ‘अहिले भइरहेको गृहकार्य त्यही हो।’ प्रदेशको स्थायी राजधानीका सवालमा हाल तीव्र ध्रुवीकरण भइरहेको बताए। सांसद चौधरीले त्यो सवालमा पश्चिम पार्टी र पूर्व पार्टी मात्रै रहेको तर्क गरे। ‘राजधानीको सवालमा हाल कांग्रेस, नेकपा भन्ने केही छैन’, सांसद चौधरीले भने, ‘दाङका पक्षधर पश्चिम पार्टी र बुटवलका पक्षधर पूर्वी पार्टी जस्ता भएका छौं।’

सार्वजनिक मिडियामा हाल भइरहेको गृहकार्य वारे धेरै नबोल्ने बताउदै कांग्रेस नेता समेत रहेका सांसद चौधरीले आन्दोलन तथा जुलुस निकाल्दैमा राजधानी नपाइने बताए। त्यसैगरी कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले पनि दाङलाई स्थायी राजधानी बनाउन राम्रो प्रयास भइरहेको उल्लेख गरे। ‘दाङ संभावनाको नजिक पुगिसकेको खवर मैले पनि प्राप्त गरेको छु’ प्रमुख पाण्डेले भने, ’तर त्यसका लागि जिल्लामा रहेका सबै राजनीतिक दल, संघ संस्था एक हुन आवश्यक छ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.