|

डोटी : कैलाली डोटी जोड्ने सहजपुर बोगटान कालोपत्रे सडकको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन्। तीन दशकअघि निर्माण कार्य शुरु भएको बोगटान सडकको प्रधानमन्त्रीले एक कार्यक्रममा बीचमा कालोपत्रे सडकको शिलान्यास गरेका हुन्।

सडकको शिलान्यास गर्न डोटी पुगेका प्रधानमन्त्री ओलीले देशमा समृद्धि आउने कुरामा ढुक्क रहन प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गरेका छन्। नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले  कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने ‘दुई चार जनालाई देशमा विकासको लहर देखेर, जनताको उत्साह देखेर विरुद्धमा उफ्रिदै थिए तिनीहरूको संख्या कम हुँदै गएको छ।’ प्रधानमन्त्री ओलीले थपे ‘यस्ता अनेकौँ सम्भावना बोकेको देश अब गरिब रहँदैन, रहन पनि दिइन, देशमा समृद्धि आउँछ।’ 

२०४४ सालदेखि निमार्ण कार्य शुरु भएको उक्त सडकको प्रधानमन्त्रीले मंगलबार उद्घाटन गरेका हुन।  निर्वाचनको समयमा चर्को राजनीतिक ऐजेण्डाको रूपमा आउने उक्त सडक बिस्तारै ओझेलमा पर्ने गरेको थियो। २०४४ सालमा तत्कालीन जिल्ला विकास समितिका सभापती भरतबहादुर खड्काले सडकको शिलान्यास गरेको थिए।

३१ वर्ष पहिलादेखि निर्माण कार्य सरु भएको उक्त सडक अझै सहजपुर बोगटान दिपायल जोडन नसकिएको बडीकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताए। अध्यक्ष चन्दले भने ‘बोगटान सडक यो क्षेत्रको सवृद्धिको ढोका हो, यो निमार्ण भएमा डोटीको दक्षिणी क्षेत्रको विकासले एक खुट्किलो पार गर्नेछ।’

बोगटान क्षेत्रको विकासका लागि बोगटान सडकले पूर्णता पाउनु जरुरी भएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले बताए। अध्यक्ष गडसिलाले भने ‘हामी कैलालीको छेउमै हुँदा पनि सडक सञ्जाल नहँदा सास्ती भोग्नु परेको छ। तराईका जिल्लासँग सिधै जोडिने हो भने विकासका सम्भावना बढने छन।’

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्री त्रिलोचन भट्ट, ऊर्जा मन्त्री वर्षमान पुन, डोटी प्रतिनिधिसभा सदस्य प्रेमबहादुर आलेमगर लगायकताका नेताहरूको उपस्थिति रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.