|

धनगढी : प्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुगेका छन्। मंगलबार दिउँसो करिब २ बजे काठमाडौँबाट धनगढी पुगेका ओली हेलिकोप्टरबाट नेपाल विद्युत् प्राधिकरण स्याउको १३२/३३/१२१ केभी सबस्टेशन उद्घाटन गर्न डडेल्धुराको पुगेका थिए। त्यस लगत्तै सहजपुर–बोगटान सडकको प्रधानमन्त्री ओलीले शिलान्यास गरेका हुन्।

सडक सिलन्यास  र सबस्टेशन उद्घाटन उद्घाटन पछि प्रधानमन्त्री ओली मंगलबार धनगढी पुगेका छन्। प्रधानमन्त्री ओलीसँगै भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, ऊर्जा मन्त्री वर्षमान पुन पनि धनगढी पुगेका छन्।

प्रदेश सभालाई सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार ९ बजे सुदूरपश्चिम प्रदेशको प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री ओलीले प्रदेश सभाको बैठक सम्बोधन गर्ने भएपछि त्यसको तीव्र तयारी भइरहेको छ। प्रदेशसभा क्षेत्रमा सरसफाइ र रंगरोधन सकिएको सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए। ‘प्रधानमन्त्री आउने भएपछि सुरक्षा सतर्कतासमेत बढाइएको छ’ सभामुख थापाले भने, 'प्रदेश सभालाई दुलहीझैँ सझाएका छौँ।’ प्रदेशसभा क्षेत्रमा नेपाली राष्ट्रिय झण्डा फहराइएको छ। प्रधानमन्त्रीको लागि रेड कार्पेटको समेत तयारी गरिएको छ। 

प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्न पूर्व ३ मिनेट सभामुखसँग छलफल हुने बताइएको छ। ‘उहाँको सम्बोधन पूर्व केही समय छलफल हुन्छ हामी यस क्षेत्रको सम्भावनाको विषयमा प्रधानमन्त्रीलाई अवगत गराउँछौ’ सभामुख थापाले भने, 'गामी बजेटमा सम्बोधन गर्नेगरी केही मागहरू पेस गर्ने योजना बनाइरहेका छौँ।’

मंगलबार सहजपुर–बोगटान सडकको शिलान्यास गरेका प्रधानमन्त्री ओलीले नेपाल विद्युत् प्राधिकरण स्याउको १३२/३३/१२१ केभी सबस्टेशन उद्घाटन गरेका थिए। बुधबार बिहान संसद् बैठक सम्बोधनपछि दिउँसो ११ बजे नेपाल कम्युनिस्ट पार्टी नेकपाको विशेष कार्यकर्ता भेलालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने छन्।

शीर्ष नेता धनगढीमा

नेपाल कम्युनिस्ट पार्टी नेकपाको विशेष कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली सहितका शीर्ष नेता धनगढीमा पुगेका छन्। भेला सम्बोधन गर्न नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, भीम रावल, लेखराज भट्ट लगायतका नेताहरू धनगढी पुगिसकेका छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.