|

काठमाडौं : विद्यालयमा अध्यापन गरिरहेका तर योग्यता नपुगेका शिक्षकहरूले पाँच वर्षभित्र योग्यता पुर्‍याउनुपर्ने भएको छ।

सरकारले तयार गरेको राष्ट्रिय शिक्षा ऐनको मस्यौदामा आधारभूत तहमा अध्यापन गराउन कम्तीमा स्नातक र माध्यमिक तहमा कम्तीमा स्नातकोत्तर तह हुनुपर्ने व्यवस्था गरेपछि योग्यता नपुगेका शिक्षकले अनिवार्य रूपमा स्नातक वा स्नातकोत्तर तह पूरा गर्नुपर्ने भएको छ।

नेपाल समाचारपत्रमा प्रकाशित समाचारअनुसार प्रस्तावमा बालविकास केन्द्र (ईसीडी) र कक्षा १ देखि ३ सम्म अध्यापन गराउन भने कक्षा १२ वा प्रविणता प्रमाणपत्र तह अध्ययन पूरा गरे पुग्ने भएको छ। हाल सार्वजनिक भएको मस्यौदा प्रति नेपाल शिक्षक महासंघले आपत्ति जनाएको छ।

‘मस्यौदामा यस्तो विषय उल्लेख भएको सुनेको छु। यस्तो व्यवस्था गर्न लागेको भए हामी मान्दैनौँ, महासंघका अध्यक्ष बाबुराम थापाले भने। पाँच वर्षभित्र योग्यता पुर्‍याउने विषय हटाउनुपर्ने उनले बताए। ‘स्नातक तह पूरा गर्न चार वर्ष लाग्ने अवस्थामा कसरी पाँच वर्षभित्र स्नातकोत्तर तह पूरा गर्न सकिन्छ’, उनले भने। मस्यौदामा पाच वर्ष उल्लेख भए त्यसलाई सच्याएर सात वर्ष कायम गर्नुपर्ने उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.