|

साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमान दुई दिने भ्रमणका लागि भारत पुगेका छन्।

पाकिस्तानको भ्रमणमा निस्किएका सलमान पाकिस्तानबाट सिधै भारत पुगेका हुन्। सलमानलाई स्वागत गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विमानस्थल पुगेका थिए पाकिस्तानमा पनि सलमानलाई भव्य स्वागत गरिएको थियो।

सलमानले पाकिस्तानमा २० अर्ब अमेरिकी डलर लगानी गर्न सम्झौता गरेका थिए। पाकिस्तान र भारतको तनाव चर्किरहेको बेला सलमानको भारत भ्रमणलाई पनि महत्त्वका साथ हेरिएको छ।

केही दिनअघि मात्रै भारत प्रशासित जम्मु–कश्मीरमा भएको आतंककारी हमलामा ४६ जना सुरक्षाकर्मीको ज्यान गएको थियो। भारतले यो घटनामा पाकिस्तानको हात रहेको आरोप लगाएको थियो। पाकिस्तानमाथि हमला गर्ने चेतावनी दिएपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले हमला गरे त्यसको परिणाम भारतले भोग्नुपर्ने बताएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.