|

बार्सिलोना फ्रेन्च क्लब लियोनसँग गोलरहित बराबरीमा रोकिएकाे छ। च्याम्पियन्स लिग अन्तर्गत प्रि–क्वाटरफाइनलको पहिलो लेगमा लियोनको मैदानमा बार्सिलोनाले एकतर्फी आक्रमण गरेपनि गोल गर्न असफल भयो। बार्सिलोना लियोनका गोलरक्षक एन्थोनी लोपेसको सिकार भएको थियो। उसले गरेका दुई दर्जन बढी उत्कृष्ट प्रहारलाई उनले क्लियर गरेका थिए।

स्टार खेलाडीले भरिएको बार्सिलोनाले खेल अवधिभर लियोनलाई निरन्तर आक्रमण गर्यो। खेलको सुरुवाती समयदेखि नै अवसर पाएको बार्सिलोनाका लागि लियोनेल मेसी, लुइस सुआरेज, फिलिप कोउटिन्हो र ओस्मान डेम्बेलालले लगातार मुभ बनाएपनि कुनैपनि खेलाडी सफल भएनन्।

सगम्र प्रतियोगितामा बार्सिलोनाको यो पछिल्ला ५ खेलमा चौंथो बराबरी हो।  च्याम्पियन्स लिगको नकआउट चरणका अवे खेल बार्सिलोनाले जीत दर्ता गर्न नसकेको यो लगातार छैटौं पटक हो। लियोनले भने सातौं प्रयासमा पनि बार्सिलोनालाई पराजित गर्न असफल रह्यो। दोस्रो लेग बार्सिलोनाले आफ्नो घरेलु मैदानमा १३ मार्चमा खेल्ने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.