|

काठमाडौं : धनगढी प्रिमियर लिग क्रिकेट डीपीएलको पहिलो क्वालिफायर खेलमा सिवाइसी अत्तरिया र काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा हुँदैछ। 

समूह चरणको अन्तिम खेलमा मंगलबार भिडेका दुई टोली आज फेरि अर्को खेल खेल्दै छन्। ५ खेलबाट अत्तरिया ८ अंकमा तालिकाको शीर्ष स्थानमा रहँदै क्वालिफायरमा प्रवेश गरेको हो भने समान खेलबाट ७ अंक जोडेको काठमाडौँ दोस्रो स्थानमा रहदै क्वालिफायर खेल्न लागेको हो।

खेल धनगढीस्थित प्रस्तावित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मध्यान्ह १२ बजे सुरु हुनेछ। हिजो अत्तरियासँग भोगेको हारको बदला लिँदै फाइनलमा प्रवेश गर्ने दाउमा काठमाडौं रहेको छ भने जीतको श्रृखलालाई जारी राख्दै अत्तरियाकाे भने फाइनलमा प्रवेश गर्ने लक्ष्य छ। 

आज पराजित टोलीले दोस्रो क्वालिफायरमा रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाईटेडबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.