समाज

भद्रपुरमा पुरुषको शव फेला
SHARES

फागुन ८, २०७५

    भद्रपुर (झापा) : भद्रपुर नगरपालिका–५ मा सडकको नालीमा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको छ।

    मंगलबार राति करिब ४० वर्षीय पुरुष नालामा डुबेको अवस्थामा मृत फेला परेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए। मृतकको पहिचना खुलेको छैन। ती व्यक्ति किचकबध मेलाबाट फर्किएर भद्रपुरतर्फ आइरहेको हुन सक्ने प्रहरीको आशंका छ। माघे शुक्ल पूर्णिमाको अवसरमा मंगलबार भद्रपुर–२ र ३ मा रहेको किचकबधमा मेला लागेको थियो। 

    भद्रपुर–५ स्थित भन्सार र नयाँबजार जाने घुमाउरो सडक छेउको नालामा जमेको पानीमा घोप्टो परेर डुबेको अवस्थामा शव भेटिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए। शवको छेउमा साइकल पनि भेटिएको छ। प्रहरी निरीक्षक श्रेष्ठले भने, ‘अत्याधिक मादक पदार्थ सेवन गरेका कारण साइकल अनियन्त्रित भई नालामा खसेको हुनु पर्छ।’ शवलाई पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]