|

भारत र पाकिस्तानबिच पछिल्लो समय बढ्दो कटुताका कारण विश्वकप क्रिकेटमा हुने भारत र पाकिस्तानबिचको खेलनै संसयमा परेको छ। पछिल्लो समय भारतमा पाकिस्तान विरुद्ध हुने जुनसुकै खेल बहिस्कार गर्नुपर्ने आवाज उठ्न थालेपछि विश्वकपको खेलनै संसयमा परेको हो।

काश्मिीरको पुलवामामा भएको आतंकारी आक्रामणसँगै पुनः एकपटक भारत र पाकिस्तानबीचको सम्वन्ध चिसिएको छ। पाकिस्तानी विद्रोही मूहले पुलवामामा आक्रामण गरेको भारतीय पक्षको दावी रहेको छ । यस घटनासँगै पुनः एकपटक पाकिस्तान र भारतबीचको क्रिकेट सिरिज मात्र होइन विश्व क्रिकेटनै संसयमा परेको छ।

इन्डियन प्रिमियर लिग (आइपिएल) का अध्यक्ष राजिव शुक्लाले वर्तमान अवस्थामा दुई राष्ट्रबीचको कुनैपनि खेल हुन नसक्ने बताएका छन् । ‘अहिले वातावरणमा पाकिस्तानसँग क्रिकेट खेल्ने सक्ने अवस्थामा हामी छैनौँ,’ शुक्लाले भारतीय मिडियाहरु समक्ष भने, ‘दुई राष्ट्रबीचको सम्वन्ध झनै बिग्रेको छ। यस्तोमा देशले गर्ने निर्णय महत्वपुर्ण हुन्छ।’

आइपिएलका अध्यक्ष शुक्लाले सरकारले पहेलो झन्डा देखाउँदा छिमेकी पाकिस्तानसँग कुनै पनि बेला क्रिकेट सिरिज खेल्ने सक्ने विश्वास दिलाए। ‘जवसम्म दुई राष्ट्रका सरकार प्रमुखले क्रिकेट खेल्ने हरियो झन्डा देखाउँदैनन, त्यसबेसम्म समर्थकहरुले भारत र पाकिस्तानबीचको क्रिकेट हेर्न पाउने छैनन,’ सरकारमाथि दबाव दिँदै शुक्लाले भने, ‘बोर्डले चाहेर मात्र संभव छैन, यो सरकारी स्तरमै निर्णय हुनुपर्छ।’

भारतीय मिडियासँगको कुराकानीमा शुक्ला पाकिस्तानी क्रिकेट टोलीसँग लचिलो देखेका छन् । उनले राजनीति र क्रिकेट फरक पाटो भएको बताए। ‘क्रिकेटलाई राजनीतिकरण गर्नु हुन्न, यही प्रथाले निरन्तरता पाउँदा दुई मुलुकका खेलाडीहरुले कहिले एक आपसमा सिरिज खेल्न सक्नैे छैनन,’ उनले भने, ‘तर यहाँ पाकिस्तान र भारत सरकार नै बाधक बनेको पाउछु।’ शुक्लाले खेललाई राजनीति भन्दा माथि राख्दा सवै कल्याण हुने जनाए। ‘हामीहरुले सधै भन्दै आइरहेका छौँ, खेललाई राजनीति भन्दा माथि राख्नु पर्छ, खेललाई राजनीति घुसाउँदा त्यसको प्रभाव राम्रो हुँदैन,’ उनले थपे, ‘स्वच्छ भावनाका साथ अगाडि बढदा सिरिज संभव नभएको पनि होइन।’

खेलाडीहरुलाई राजनीति भन्दा बाहिर राख्नु पर्ने बताएका शुक्लाले पाकिस्तान सरकार नै आतंकवादको समर्थन गरेका कारण नै दुई मुलुकबीचको सम्वन्ध चिसिएको कारण बताए । ‘पाकिस्तानले आतंकवादलाई समर्थन गरिरहेको छ, यो कसैबाट पनि लुकेको छैन,’ आरोप लगाउँदै शुक्लाले भने, ‘ पुलवामाको घटनाले हामी सवैलाई दुःखी बनायो ।’ पुलवामा घटनामा ४६ भारतीय सैनिक मारिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.