|

काठमाडौं : अनामनगर भाटभटेनीबाट नैकाप जाँदा ट्याक्सीमा छुटेका तीन लाख बराबरका सुनका गरगहना एक ट्याक्सी चालकले फिर्ता दिएका छन्। बुधबार बिहान नैकाप जाँदा वाझकटेरी-३ गुल्मीकी वसन्ता भुसालले ट्याक्सीमै छुटाएको गरगहना सुनसरी धरान -१९ चौकीबारी घर भई हाल पुरानो बानेश्वर भिमसेनगोला बस्ने ट्याक्सी चालक सिमल राईले फिर्ता गरेका हुन्।

राईले चलाउँदै आएको  बा २ ज २२७९ नम्बरको ट्याक्सीमा भुसालको सुनका गहाना छुटेको थियो। उक्त गहना चालक राईले फेला पारी महानगरीय ट्राफिक महाशाखा रामशाहपथमा बुझाई दिएका थिए।

ट्राफिक प्रहरीले उक्त सुनका गरगहना उनकै बहिनी सोनिया भुसाललाई हस्तान्त्रण गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार हाल ट्याक्सीमा छुटेका सामाग्री फिर्ता बुझाउने प्रवृति बढेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.