संशोधनका लागि सांसदसँग अनौपचारिक छलफल

|

काठमाडौं : कर्मचारी समायोजन प्रक्रियामा असन्तुष्ट जनाउँदै आएको सरकारी चिकित्सकहरू बुधबार सामूहिक रूपमा विदामा बसेका छन्। सरकारी चिकित्सकहरूको दरबन्दी संघअन्तरगर्त राख्नुपर्ने मुख्य ‍माग राख्दै विरोध जनाइरहेका उनीहरूले आफूहरूको माघमा  सरकार सकारले बेवास्ता गरेको भन्दै सामूहिक बिदामा बसेका हुन्। देशभरका सरकारी चिकित्सकहरू बिदामा बसिदिँदा सरकारी अस्पतालबाट दिइने  नियमित सेवामा प्रभाव परेको छ।

 यसको प्रत्यक्ष असर उपत्यकाका ठूला सरकारी अस्पतालहरूमा समेत परेको छ। देशकै केन्द्रीय बाल अस्ताल कान्ति बाल अस्पतालमा कार्यरत चिकित्सकहरु एकैपटक बिदामा बस्दा अस्पतालको सेवा प्रभावित भएको अस्पतालका निर्देशक डा गणेश राईले बताए। अस्पतालमा कार्यरत ४० भन्दा बढी चिकित्सकहरू बिदामा बसिदिँदा बिरामीलाई सेवा दिन गाह्रो भएको निर्देशक डा राईले बताए। दैनिक ओपिडीमा चार सयभन्दा बढी बिरामी आउने कान्तिमा यसरी एकैपटक चिकित्सक बिदामा बस्दा बिरामीको उपचार गर्न अप्ठ्यारो भएको समेत उनले बताए।

उनले भने, 'हामी कहाँ रहेका विशेषज्ञ चिकित्सकसहित करिब ४० जना डाक्टर एकैपटक बिदामा बसिदिए जसले गर्दा सेवा प्रभावित भएको छ तर पनि हामीले  विकास समिति, रेजिडेन्ट तथा जुनियर डाक्टरको सहयोगमा सेवा दिइ रहेका छौँ।'

यता, उपत्यकाको ठूलो प्रसूति अस्पताल थापाथली प्रसूतिगृहमा कार्यरत चिकित्सकहरु पनि सामूहिक बिदामा बसिदिँदा सेवा प्रभावित भएको अस्पतालका निर्देशक डा जागेश्वर गौतमले बताए। दैनिक ५ सयभन्दा बढि बिरामी आउने अस्पतालमा चिकित्सकहरु एकै पटक विदामा बस्दा आफूहरूलाई सेवा दिन गाह्रो भए पनिआवासीय चिकित्सक, तथा विकास समितिका चिकित्सकहरुबाट सेवा सञ्चालन भएको बताए ।

यस्तै समस्या वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर लगायतका अस्पतालमा समेत देखिएको। ती अस्पतालहरुमा पनि छात्रबृत्तिका चिकित्सक, करारका चिकित्सकबाट सेवा सञ्चालन गरिएको छ।यता सरकारी चिकित्सक संघ नेपाल (गोदान)का अध्यक्ष डा दीपेन्द्र पाण्डेले भने आफूहरुको पूर्व घोषित कार्यक्रम अनुसार सबै डाक्टर बिदामा बसेको बताए।

उनले भने ' सरकारले हाम्रो मागको सुनुवाइ नगरेपछि हाम्रो पूर्व निधारित कार्यक्रम अनुसार नै बिदामा बसेका हौँ आज देशभर१ हजार ४ सय भन्दा बढी विभिन्न सरकारी अस्पतालमा कार्यरत चिकित्सक साथीहरु बिदामा बस्नुभएको छ।'

अध्यक्ष पाण्डेले सरकारले आफ्ना मागलाई वेवास्ता गरे शुक्रबारबाट सेवा बहिष्‍कार गर्नेसम्मको आन्दोलन गर्ने बताए। त्यसो त गोदानले सामूहिक राजीनामा दिने कार्यक्रमसमेत आन्दोलनको तालिकामा राखेको छ। त्यसका लागि अहिले नाम संकलन कार्य भइरहेको समेत अध्यक्ष पाण्डेले बताए।

संशोधनका लागि सांसदसँग अनौपचारिक छलफल

सामूहिक बिदामा बसेका सरकारी चिकित्सकहरुले सरकारले आफूहरुको माग नसुनेपछि केही गोदानका पदाधिकारी तथा सदस्यहरुले आफ्ना मागका बारेमा अनौपचारिक रुपमा संघीय संसदका सांसदसँग छलफल अघि बढाएका छन्। उनीहरु बुधबार सिंहदरबारस्थित राज्यव्यवस्था समितिको कार्यालयमा पुगि त्यस समितिका सांसदसँग आफूहरुको मागको बारेमा छलफल गर्ने संघका अध्यक्ष डा पाण्डेले बताए।

उनले भने ' ‘अहिलेको समायोजन ऐन सरकारी चिकित्सकहरुको लागि निकै विभेदकारी छ, अब यसलाई सच्याउनुको विकल्प छैन, टोली सांसदसंग छलफल गर्दै छौँ।' सरकारले ल्याएको समायोजनले चिकित्सकलाई प्रदेश तथा स्थानीय सरकार अन्तर राखेर परिचालन गर्ने व्यवस्था भएपछि डाक्टरहरु विरोधमा उत्रिएका हुन्। उनीहरुले आफूहरुलाई स्थानीय तहसम्म पठाए पनि संघ अन्तरगर्त राखेर परिचालन गर्नुपर्ने बतताएका छन्।

अध्ययन अनुसन्धानमा निरन्तर सहभागी भइरहनुपर्ने चिकित्सक सधैँभरी स्थानीय तहमा रहन नमिल्ने भन्दै आफूहरूलाई संघअन्तर्गत राखेर परिचालन गर्नुपर्ने सरकारी चिकित्सकको माग छ। तर, सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा चिकित्सक नपुग्नुको कारण केन्द्रबाट खटाउने प्रवृत्ति हो भन्दै समायोजन प्रकृयामा गरेको विरोधलाई गम्भीरतापूर्वक लिएको छैन।

सरकारले गत पुस ३० मा गरेको सम्झौताविपरीत हुने गरी समायोजन गर्न थालेको आभाष पाएपछि दबाबका लागि विरोधका कार्यक्रम सार्वजनिक गर्नुपरेको, चिकित्साशास्त्र अरूभन्दा फरक विधा भएको भन्दै निरन्तर अध्ययन अध्यापन, तालिम सिकाइ हासिल गर्नुपर्ने विषय भएकोले संघबाट छुट्याएर प्रदेश तथा स्थानीय तहमा राख्न नमिल्ने, विरोधका कार्यक्रममा माग पूरा गर्न स्वास्थ्य मन्त्रालयमा हदैसम्मको ताकेता गर्ने, समायोजन विधेयक सच्याउन राष्ट्रियसभाका अध्यक्षलाई ताकेता गर्ने लगायतका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.