|

काठमाडौं : नेपाली सेनाद्वारा सञ्चालित बृहत् निःशुल्क घुम्ती स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गराउन आउने सर्वसाधारणको घुइँचो लागेको छ। राजविराज नगरपालिकास्थित पब्लिक विन्देश्वरी उच्च माध्यमिक परिसरमा सञ्चालित उक्त शिविरमा स्वास्थ्य परीक्षण गर्नेको घुइँको नै लागे हो।

शिविरमा हालसम्म विभिन्न रोगका एक सय ५० भन्दाबढी बिरामीको शल्यक्रिया समेत भइसकेको छ, त्यस्तै शिविरमा पुगेर २१ हजार सर्वसाधारणले स्वास्थ्य परिक्षण गरेका छन्।

शिविरमा सप्तरीका ग्रामीण भेगका साथै सिन्धुली, उदयपुर, सिरहालगायतका जिल्लाबाट ठूलो सङ्ख्यामा सर्वसाधारण पुगेका छन्। उक्त शिविरमा आउने सर्वसाधारणमा सबैभन्दा बढी हर्निया र पित्तथैलीको पत्थरी भएको भेटिएको चिकित्सक भनाई छ। 

प्रधानसेनापति पूर्णचन्द्र थापाले शिविरबाट प्रदान गरिँदै आएको सेवाको जानकारी लिँदै सर्वसाधारणको सुविधालाई ध्यानमा राखेर काम गर्न निर्देशन दिएका थिए।शिविर फागुन १ गतेबाट संचालन भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.