|

काठमाडौं : विभिन्न माग राख्दै पटकपटक अनशन बस्दै आएका आओएमका प्रा.डा. गोविन्द केसीले पुनः अनशन बस्ने चतावनी दिएका छन्।

चिकित्सा शिक्षा अध्ययनको लागि गण्डकी मेडिकल कलेजमा चर्को शुल्क लिएको तथा संसदमा दर्ता भएको शान्ति सुरक्षा विधेयक र सामाजिक सञ्जालसम्बन्धी विधेयक नसच्याए पुनः अनशन बस्ने चेतावनी दिएका हुन्। बुधबार एक विज्ञप्ति जारी गर्दै डा. केसीले तीनबुदे माग अघि सारेका हन्।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'संसदमा दर्ता भएको शान्ति सुरक्षा विधेयक र सामाजिक सञ्जालसम्बन्धी विधेयकमा हाम्रो गम्भीर आपत्ति रहेको छ। नागरिकले देशमा व्याप्त दण्डहीनता, कुशासनविरुद्ध लगायतका विभिन्न विषयमा सडक र सामाजिक सञ्जालबाट सम्बन्धित निकायलाई जिम्मेवारी बनाउँदै आइरहेका छन्। हाल संसदमा दर्ता भएको विधेयकले नागरिकलाई कुनै पनि स्थानमा स्वतन्त्र भेला हुनबाट वञ्चित गर्नुका साथै वाक् स्वतन्त्रताबाट समेत वञ्चित हुने देखिन्छ। जनताले तिरेको करबाट तलब भत्ता खाएर नागरिकको अधिकार खोसेर निरकुंश बन्न खोजिँदै छ। नागरिकको अधिकार कुन्ठित गर्ने विधेयक हामीलाई कदापि स्वीकार्य छैन।'

यस्तै केसीले भ्रष्टाचारको आरोप लागेका अख्तियारका आयुक्त राजनारायण सिंह पाठकलाई कानुनी कठघरामा ल्याइ कारबाही गर्नुसमेत माग राखेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.