|

काठमाडौं : आजकल धेरैले शरीरका तौल बढ्ने डरले साइट सोडा तथा आर्टिफिसियल इनर्जी ड्रिंक्स धेरै पिउने गरेको पाइन्छ। तर, यसरी पिइने इनर्जी ड्रिंक्स तथा सोडाले स्वास्थ्यलाई फाइदाका साथै हानी पनि पुर्‍याउने विज्ञहरूले बताउँछन्।

हालै गरिएको एक अध्ययनले धेरै इनर्जी ड्रिंक्स सेवन गर्ने महिलाहरूमा हृदयघात हुने सम्मभावना देखाएको छ। अमेरिक हार्ट ऐसोसिएशन र अमेरिक स्ट्रोक एसोसिएशनले संयुक्तरूपमा गरेको एक अध्ययनले बजारमा पाइने इनर्जी ड्रिंक्स् दैनिक सेवनले महिलाहरूमा हृदयघातको सम्भावना बढी हुने देखाएको हो।

अध्ययनले जुन महिलाले दैनिकरूपमा धेरै सोडा तथा विभिन्न प्रकारका इनर्जी ड्रिंक्स सेवन गर्छन्, त्यस्ता महिलामा ३१ प्रतिशत स्ट्रोक र २९ प्रतिशत मुटुसम्बन्धी समस्याको सम्भावना हुने देखाएको छ। अध्ययनका क्रममा पहिले मधुमेह तथा मुटुसम्बन्धी बिरामी नभएकाहरूले पनि नियमित रूपमा सोडा तथा बजारमा पाइने इनर्जी ड्रिंक्स सेवन गर्दा मुटु र मधुमेहको समस्या देखिने सम्भावना धेरै हुने देखिएको हो। यस्तै उनीहरूलाई मोटोपनको समस्या हुनेसमेत अध्ययनले देखाएको छ।

मनोपोज हुने उमेरमा पुगेका वा भर्खैर मनोपोज भएका महिलाहरूमा विभिन्न खालका रोगहरू लाग्ने सम्भावना धेरै हुन्छ। तर, इनर्जी ड्रिंक्स सेवन गर्ने महिलाहरूमा स्ट्रोक, डिमेसिया तथा टाइप टू मधुमेह हुने तथा अध्याधिक तौल बढ्ने सम्भावना धेरै हुन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.