|

उदयपुर : रोप्ने बेलामा वास्ता नगर्ने, पाकिसकेपछि फँडानी गर्ने प्रशासनको कामले पनि जिल्लाको दुर्गम क्षेत्रमा गाँजा खेती रोकिएको छैन। जिल्लाका पश्चिमउत्तर क्षेत्रका भइरहेको गाँजा खेती अहिले चुरेको दुर्गम क्षेत्रमा हुन थालेको छ।

प्रहरीले नियन्त्रण गर्ने भन्दै वर्षेनी हजारौं बोट गाँजा नष्ट गरे पनि यसको खेती भुगोल परिवर्तन गरेर गर्न थालिएको छ। गाँजा उत्पादन रोक्न रोप्ने समयमै कडाइ नगर्नाले बिक्री गर्ने अवस्था(पाकेको गाँजा) नष्ट गर्ने गरिएकाले नियन्त्रण प्रयास हुँदै आएको छ। तर, प्रहरीले गाँजा नष्ट गर्न थालेपछि गाँजा खेती गर्नेहरुले भूगोलनै परिवर्तन गर्न थालेका छन। चुरे क्षेत्रका अधिकाँस वस्तिका किसानहरुले गाँजा खेती गर्दै आएको बताउँछन्।

पहिला महाभरत र गढतिर क्षेत्रमा हुने गाँजा खेती अहिले चुरे पहाडी क्षेत्रमा हुन थालेको उदयपुर र सिरहाको सिमा क्षेत्रमा हुन थालेको लाहान नगरपालिका १६ अर्थात उदयपुरको उदयपुरगढी गाँउपालिकाका ६ रामकुरा जर्गामगर बताउँछन। ‘पहिला पहिला चुरे क्षेत्रमा गाँजा खेती हुँदैन थियो,’ उनले भने, ‘माहाभारत तथा सुनकोसी गढतिरतिर हुने गाँजा खेती प्रहरीले नष्ट गर्न थालेपछि चुरे क्षेत्रमा हुन थालेको हो।

उदयपुर र सिरहाको सिमावर्ती क्षेत्र चुरेका दुर्गम वस्तिमहरुमा गाँजा खेती सुरु भएको चुरेका क्षेत्रका सर्वसाधरण बताउँछन। ०४८ सालतयता उदयपुरको पश्चिम उत्तर क्षेत्रमा पर्ने रुपाटार र ओख्लेबाट गाँजा खेती सुरु भएको थियो। ०४८ सालबाट सुरु भएको गाँजा खेती ०५२ सालदेखि क्रमस मौलाउँदै गएर अहिलेसम्म भइरहेको छ।

प्रहरी प्रशासनले रुपाटार र ओख्लेमा लगाइएको गाँजा खेती नष्ट गर्न थालेपछि चुरे क्षेत्रमा हुन थालेको छ।

केन्द्रीय स्तरबाटै विकल्प दिन सकेमात्रै गाँजा खेती नष्ट हुने ताप्ली गाउँपालिका प्रमुख उद्धवसिंह थापाले बताउँछन। ‘गाँजा खेती गर्नेको संख्या घटेको छ, तर विकल्प दिन नसक्दा गाँजा खेती उन्मूलन गर्न सकिएको छैन,’ प्रमुख थापाले भने, ‘अहिलेसम्म गाँजाको विकल्पमा केन्द्र, प्रदेश र स्थानीय तीनै तहका सरकारले गाँजाको विकल्प दिन सकेको छैन।’

उदयपुरमा गाँजा लगाउन किसानलाई गाँजा व्यापारीहरुलेनै सहयोग गर्दै आएका छन। त्यही गाँजा प्रहरी प्रशसनले नष्ट गर्दै आएको छ। प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी चन्द्रदेव राईले केही दिन अघि ताप्ली गाउपालिका वडा नम्बर २ तामाखर्क लगायतका खेती गरिएको सर्यौ रोपनीको गाँजा नष्ट गरिएको जानकारी दिए।

विगतमा जिल्लाको साविकको रुपाटार, लिम्पाटार, सोरुङ छविसे, तवाश्री, पञ्चावती, ईनामे, लेखगाँउ, ओख्ले साविकका तीन दर्जन गाँउ बिकास समितिका अनकन्ठार भुगोलमा गाँजा खेती हुँदै आएको थियो। सुरक्षा निकायको आँखा छल्न सकिने क्षेत्रमा अहिले गाँजा खेती हुन हुन्थ्यो। तर, अहिले त्यो भुगोलबाट चुरे क्षेत्रमा सरेको छ।

०७१ सालबाट प्रहरीले गाँजा खेती नष्ट गर्दै आएको हो। केही वर्ष अगाडी मात्र लागुऔषध अफिम खेतीनै फेला परेको थियो। प्रहरीले वर्षेनी फडाँनी गर्न थालेपछि गाँजा खेती समेत घट्दै गएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरको तथ्याङक अनुसार आर्थिक वर्ष ०७१÷०७२ मा एक हजार ९९ रोपनी जग्गामा गरिएको  गाँजा खेती नष्ट गरेको थियो। आव ०७२÷०७३ मा एक हजार ८ सय १६ रोपनी, आव ०७३÷०७४ मा एक सय ७४ रोपनी फडानी गरेको थियो।

आव ०७४÷०७५ मा १७ रोपनी नष्ट गरेको थियो भने चालु आर्थिक वर्ष ०७५÷०७६ मा पाँच हजुर बोट जुन अनुमानित १० रोपनी जति रहेको प्रहरीको भनाइ छ। जुन अघिल्लो ०७१ देखि ०७३ सम्म आउँदा धेरै कृर्षकले रोप्न छाड्दै गएका प्रहरीको तथ्यङ दावी छ। तर, प्रहरीले चुरे क्षेत्रमा हुन थालेको गाँजाको बारेमा वेखवर रहेको जानकारी दिएको छ।

उदयपुरमा उत्पादन भएको गाँजाको ढुवानी पहिला भरिया लगाएकार चुरेको जंगलबाट सिरहा हुँदै भारत जाने गर्छ। गाँजा बोक्ने भरियाहरु सुनकोसी नदीमा बाँसमा बाधेर कोशी व्यारेज कटाउन थालिएको बताउँछन्। ‘पहिला भरिया लगाएर नाका कटाइन्थ्यो,’ उनले भने, ‘अहिले विभिन्न प्रकारका आधुनिक बाटो खोज्नुको साथै सप्तकोशीमा डुंगा प्रयोग गरेर कटाइन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.