|

अफगान राष्ट्रपति असरफ घानीसँग बुधबार अमेरिकी सेनाको केन्द्रीय कमाण्डका उच्च पदाधिकारीले भेटवार्ता गरेका छन्।

अमेरिकी सेनाका कमाण्डर जर्नेल जोसेफ भोटेलले भेटवार्ता गरेको अफगान राष्ट्रपतिको कार्यालयले जनाएको छ। सो भेटका क्रममा हालैका दिनमा अफगानिस्तानको शान्ति प्रक्रियाका विषयमा भइरहेका प्रगतिका बारेमा छलफल भएको थियो।

उक्त कार्यालयले दिएको जानकारी अनुसार भेटका क्रममा अफगानिस्तान र अमेरिकाबीचको सम्बन्ध, शान्ति प्रक्रिया र त्यसका कारण उत्पन्न परिस्थितिका साथै अमेरिकी सेनाले अफगान सेनालाई गर्ने सुरक्षा सहयोगका बारेमा पनि कुराकानी भएको थियो।

त्यस अवसरमा अमेरिकी सेनाले अफगान सेनालाई उपलब्ध गराउँदै आएको र गराउने सैन्य सहायताका बारेमा कुराकानी भएको थियो। त्यसैगरी सैनिक सबलीकरणका बारेमा त्यस विषयमा कुराकानी भएको बताइएको छ।

पछिल्लो समयमा अफगान शान्ति प्रक्रियाको बारेमा तयारी भइरहेको बताइएको छ। उक्त बैठकमा पनि अपगान राष्ट्रपतिले कुराकानी गरेको समाचारमा जनाइएको छ। त्यस अवसरमा हालसम्म अफगानिस्तानमा सशस्त्र द्वन्द्वरत तालिबान समूहसँग शान्ति वार्ताका लागि भइरहेका पहल कदमीको बारेमा कुराकानी भएको बताइएको छ।

उक्त शान्ति प्रक्रियालाई अमेरिकाले सघाएको छ। शान्ति प्रक्रियाका लागि अमेरिकाले गरेको प्रयासस्वरूप अफगान सरकार र तालिबान नेतृत्वबीच पनि एक पटक कुराकानी भएको थियो। तर त्यस विषयमा खास प्रगतिको बारेमा भने कुनै जानकारी आएको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.