|
फाइल : Mechimahakalikhabar

काठमाडौं : जुगल हिमाल पहिलो पटक आरोहण हुने भएको छ। सगरमाथा आरोही माया गुरुङको नेतृत्वको टिम जुगल हिमाल आरोहणका लागि यही चैत १५ गते त्यसतर्फ लाग्नेछन्।

बुधबार जुगल गाउँपालिका र प्रदेश नम्बर तीनको संयोजकत्वमा सिन्धु पर्यटन परिषद्ले गरेको पत्रकार सम्मेलनमा जुगल हिमाल पहिलो पटक आरोहण हुन लागेको जानकारी दिएको हो। यो आरोहण अवधि कम्तीमा २० देखि ३० दिन सम्म हुन सक्ने जनाइएको छ।  ।

सगरमाथा आरोही माया गुरुङको नेतृत्वको टिम जुगल हिमाल आरोहणका लागि यही चैत १५ गते त्यसतर्फ लाग्नेछन्।  जुगल हिमाल आरोहणको नेतृत्व गरिरहेकी गुरुङका अनुसार सो हिमाल अहिलेसम्म कसैले पनि आरोहण गरेका छैनन्।

सगरमाथा आरोही गुरुङले जु गल हिमश्रृङखलामा अहिलेसम्म मानव पाइला नपुगेको भर्जिन क्षेत्र भएकोले सो कार्यक्रम हिमाल आरोहणमा मात्र केन्द्रित नभएर सम्भाव्यता अध्ययन, रुट पहिचान तथा निर्धारण लगायतका कार्यहरूमा पनि केन्द्रित हुने जानकारी दिइन्। उ

जुगल हिमश्रृङखलामा दुई दर्जन भन्दा बढी हिम चुचुराहरू रहेको प्रारम्भिक अध्ययनले देखाएको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए। उनले जु गल हिमाल आरोहणका क्रममा पुगिने नेपेमाशालमा धार्मिक दृष्टिले पवित्र स्थान भएको जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.