जनकपुरधाम : जनकपुरमा एक फर्निचर मिस्त्रीको शव फेला परेको छ। जनकपुर उपमहानगरपालिका १७ कटरैत बस्ने फर्निचर मिस्त्री ३३ वर्षका रामरतन मुखियाको शव फेला परेको हो।
बुधबार बिहान मुखियाको शव घरभन्दा ५ सयमिटर पर बाँसघारीमा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। अहिले घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान थालेको छ। मुखिया जनकपुरमा फर्निचरको काम गर्ने गरेका थिए।
मुखिया राति ८ बाजे खाना खाएर घरबाट निस्केपछि सुत्नेबेलासम्म नआउँदा परिवारजनले खोजबिन सुरु गरेको तर बिहान एकाएक घरनजिक शव फेला परेपछि हत्या भएको परिवारजनाले दावी गरेको छन्। शव नजिक रगत पनि देखिएकोले हत्याको हुन सक्ने प्रहरीको आशंका छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।