|

बंगलादेशको एक रासायनिक गोदाम भएको पुरानाे भवनमा आगलागी हुँदा ५६ जनाको ज्यान गएको छ।

बंगलादेशको राजधानी ढाकामा रहेको एक पुरानो भवनमा भएको रसायनिक गोदाममा भएको आगलागीमा ५६ जनाको ज्यान गएको हाे। बंगलादेशका फायर ब्रिगेडका प्रमुख अलि अहमदका अनुसार अहिले सम्म ५६ जनाको शव निकालिएको र त्यहाँ अझै धेरै रहेको  हुनसक्ने जनाइएको छ। उनीहरूको खोजी जारी रहेको समेत अहमदले जानकारी दिए।  

उक्त भवनमा सिलिण्डर विस्फोट भएर आसपासका अन्य चार भवनमा पनि आगलागी भएको अधिकारीहरूले बताए। त्यहाँ कति मानिस थिए भन्ने अझै एकिन नभएको र उद्धार जारी रहेको उनीहरूको भनाइ छ। ढाका प्रहरी प्रमुखमा अनुसार ढाका मेडिकल कलेजमा ४५ भन्दा बढी घाइतेको उपचार भइरहेको जनाइएको छ।

सन् २०१० मा रासायनिय गोदाममा आगलागी हुँदा १२० भन्दा बढीको ज्यान गएको थियो । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.