|

चितवन : भरतपुर महानगरपालिकामा सञ्चालित दुई पानी उद्योगमा सिलबन्दी गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त अनुगमन टोलीले मापदण्डविपरीत सञ्चालन भएका उक्त उद्योगमा सिल गरेको हो।

सिँचाइ रोडमा रहेको अप्सरा वाटर इन्डिस्ट्रिजको अक्वा गोरखा ब्राण्डकोे पानी उद्योग र बसेनीमा रहेको डिएचएम मिनरल वाटर एण्ड वेभरेजको पियोर ड्रप्स ब्राण्डको पानी उत्पादन गर्ने उद्योग बन्द गराइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख बिक्की राउतले जानकारी दिए। उनका अनुसार पटकपटक सुधारका लागि समय दिँदा पनि अटेर गरेकाले उद्योगमा सिलबन्दी गरेको हो।

चितवनमा १६ वटा उद्योग रहेकामा एउटा सञ्चालकले आफैँ बन्द गराएको राउतले बताए। बाँकी १५ मध्ये दुई वटा अनुगमनका क्रममा बन्द गरीएको, तीन वटा उद्योगले पानी उत्पादन गर्न छाडेर जार मात्रै भर्ने गरेको छ। बाँकी रहेका १० वटा उद्योगले मापदण्ड पूरा गरेर सञ्चालनमा रहेको राउतले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.