|

काठमाडौं : थाइल्याण्डमा जारी आईसीसी टी–२० एशिया छनोटमा नेपाल र थाइल्याण्डको खेल जारी छ। 

थाइल्याण्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा जारी खेलमा टस जितेर पहिले व्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १२४ रन बानाएको छ। 

राम्रो सुरुवात गरेको थाईल्याण्डको लागि पहिलो विकेटको रुपमा नाट्टाकन चान्तम र नरुईमोल चाईवाईले ३७ रनको साझेदारी गरे। चाईवाई ३२ रन बनाएर करुणा भण्डारीको बलमा बोल्ड भएपछि चान्तमलाई पनि नेरी थापाले ५ रन बनाउदा आउट गरिन्।

तेश्रो विकेटको लागि नट्टाया बुचाथम र चनिदा सुत्थीरुआंगले २३ रनको साझेदारी गरे। बुचाथमलाई १२ रनमा नेरीले क्याच आउट गराईन्। चौथो विकेटको लागि सुत्थीरुआंगले वोंगपाका लिंगप्रासर्टसंग ३२ रनको सझेदारी गरिन्। कविता कुँवरले १७ औं ओभरमा सुत्थीरुआंगलाई क्याच आउट गराउदा थाईल्याण्डले चौथो विकेट गुमाउन पुगेको थियो।

त्यसपछि नेपालले लगातार अन्तरालमा विकेट गुमाएपनि लिंगप्रासर्टले एउटा किनार सम्हालीरहिन र अविजित २८ रन योगदान दिईन्। २७ बलमा उनले १ चौका प्रहार गरिन्। १ सय २५ रनको विजयी लक्ष्यसहित मैदानमा आएको नेपालले खराब सुरुवात गरेको छ। ताजा स्थितिमा नेपालले २ विकेटको क्षतिमा ६ रन जोडेको छ। प्रतियोगिताको पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले हराएको थियो।  नेपालले भोलि युएईसँग खेल्ने छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.