|

जनकपुरधाम : यातायात कार्यालय धनुषा जनकपुरधामबाट एक जना बिचौलियालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरी जिल्लाको मनरासिसवा गाउँपालिका १ घर भई हाल धनुषाको जनकपुरधाम उप–महानगरपालिका नगरपालिका ८ रामानन्द चोक बस्ने बस्ने प्रिन्स कुमार सिंहलाई प्रहरीले पक्राउ गरेको हो।

यातायात कार्यालय जनकपुरधाम वडा १४ मुजेलिया अगाडि लेखापढी व्यवासायीको काम गर्दै आएको सिंहले सवारी चालक अनुमति पत्र बनाई दिन्छु भनी बिभिन्न व्यक्तिहरूसँग पाँच लाख बराबरको ठगी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। यातायात कार्यालय जनकपुरबाटै जाहेरी परेकोले निजलाई सिंहलाई कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला जनकपुरधामको उप–महानगरपालिका ८ स्थित रामानन्द चोकबाट पक्राउ गरेको थियो।

पक्राउ परेका सिंहलाई जिल्ला अदालत धनुषाबाट ठगी मुद्दामा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक दिपेन्द्र शाहीले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.