|

कालिकोट : कर्णाली प्रदेश सरकारलाई एक हजार कर्मचारीको अभाव रहेको छ। तीनै तहका सरकारमा कर्मचारी समायोजनको समस्या भएका कारणले प्रदेश सरकारलाई कर्मचारीको अभाव भएको हो।

कर्णाली प्रदेश सरकारलाई एक हजार २६४ कर्मचारीको दरबन्दी भए पनि अहिले १ हजार ३१२ जना कर्मचारी रहेका छन् भने एक हजार ५२ जना कर्मचारी अभाव रहेको कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सार्वजनिक गरेको कर्णाली प्रदेश सरकारको एक वर्षे संक्षिप्त प्रगति विवरणमा उल्लेख छ।मुख्यमन्त्री शाहीले सार्वजनिक गरेको एकवर्षे कर्णाली प्रगति विवरणमा कर्णाली प्रदेशका कुन कार्यालयमा कति कर्मचारी आवश्यक छन् भनेर उल्लेख गरिएको छ।

कुन मन्त्रालयमा कति कर्मचारी अभाव

कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयमा सबैभन्दा बढी कर्मचारीको आवश्यकता रहेको उल्लेख गरिएको छ। मन्त्रालयमा ७४९ जना कर्मचारीको दरवन्दी रहेको भएपनि २२० जनाको पदपूर्ति भएको ५२९ जना रिक्त रहेको जनाएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयमा ३६५ जना कर्मचारीको दरवन्दी रहेको भए पनि २६८ जनाको पदपूर्ति भएको र १७९ जना आवश्यकता रहेको उल्लेख गरिएको छ।

भूमि व्यवस्था, कृषि तथा वातावरण मन्त्रालयमा ४०६ जना कर्मचारीको दरबन्दी रहेको भए पनि २३४ जनाको पदपूर्ति भएको र १७२ जना कर्मचारी आवश्यक रहेको जनाएको छ। सामाजिक विकास मन्त्रालयमा ६१९ जना कर्मचारीको आवश्यकता रहेकोमा त्यस मन्त्रालयमा ५१५ जना कर्मचारीको पदपूर्ति भएको र १०४ जना आवश्यकता रहेको उल्लेख गरिएको छ।

महेन्द्रबहादुर शाहीले सार्वजनिक गरेको प्रगति विवरणमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ५२ जनाको दरबन्दी रहेको भए पनि ३७ जना पदपूर्ति भएको र १५ जना रिक्त रहेको उल्लेख गरिएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा ३८ जना कर्मचारीको आवश्यकता रहेको त्यस मन्त्रालयमा अहिले २९ जना कर्मचारी मात्र रहेको ९ जना कर्मचारीको पदपूर्ति हुन बाँकी रहेको उल्लेख गरिएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयमा ६८ जना कर्मचारीको दरबन्दी रहेको भए पनि अहिले ४० जना कर्मचारी मात्र मन्त्रालयमा रहेको र २८ जना कर्मचारीको आवश्यकता रहेको उल्लेख गरिएको छ।

प्रदेशसभा सचिवालयमा ३८ जना कर्मचारीको आवश्यकता रहेको ३१ जना कर्मचारी पदपूर्ति भएको र ५ जना कर्मचारीको आवश्यकता रहेको, प्रदेश प्रमुखको कार्यालयमा १९ जना कर्मचारी दरबन्दी हुनुपर्नेमा अहिले १६ जना कर्मचारी ३ जना कर्मचारी आवश्यकता रहेको र मुख्यन्यायाधिवत्ताको कार्यालयमा १२ जना कर्मचारीको दरबन्दी रहेकोमा ४ जना कर्मचारीको पदपूर्ति भएको र ८ जना कर्मचारी आवश्यकता रहेको उल्लेख गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.