|
File Photo

जनकपुरधाम : महोतरीको जलेश्वर–बर्दिवास सडकखण्ड अन्तर्गत औरही नगरपालिकामा टिपरको ठक्करले एक जना महिलाको मृत्यु भएको छ। औरहीबाट रामगोपालपुर जाँदै गरेको ज ५ प ३९४नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख ३५७६नम्बरको टिपरले ठक्कर दिँदा महिलाको मृत्यु भएको हो।

मृत्यु हुनेमा महोत्तरी जिल्लाको औरही नगपापालिका निवासी विनोद चौधरीको श्रीमती मीला चौधरी रहेकी छिन्। मोटर साइकलको पछाडि सबार रहेकी मीला चौधरीको टाउकोमा गम्भीर चोट लागेका र उपचारको लागि जलेश्वर लार्दै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.