|

चितवन : बहुराष्ट्रिय कम्पनी चौधरी ग्रुपको सामाजिक संस्था चौधरी फागण्डेसनले सञ्चालन गरेको निःशुल्क कृतिम हात-खुट्टा वितरण शिविरबाट मुलुकभरका ४ सय ७६ जना हात खुट्टा नभएका व्यक्तिहरूले कृतिम हात खुट्टा लगाएका छन्। जसमध्ये पुरुष ३५९ र महिला ११७ जनाले हात खुट्टा लगाएको फाउण्डेसनका प्रवन्धक रामचन्द्र धितालले जानकारी दिए।

फाउण्डेसनले सहज सामुदायिक अस्पताल गैँडाकोट ४ सँगको सहकार्यमा सहज अस्पतालमा र काठमाडौंको नर्भिक अन्तर्राष्ट्रिय अस्पतालको सहकार्यमा नर्भिक अस्पतालमा गरी २ स्थानबाट निःशुल्क कृतिम हात खुट्टा जडान गरेको थियो। सहज अस्पतालमा सञ्चालित शिविरबाट ४ सय १८ जना र नर्भिकबाट ५८ जना गरी ४ सय ७६ जनाले सेवा लिएका हुन्।

बिहीबार भएको समापन कार्यक्रममा सहज सामुदायिक अस्पतालका पूर्वअध्यक्ष करुणा सागर सुवेदीले ५२ जनालाई हात, ३७१ जनालाई खुट्टा, ६४ जनालाई दुवैखुट्टा, १३ जनालाई क्यालिपर, ८ जनालाई दुवै क्यालिपर गरि ४ सय ७६ जनालाई ५ सय ८ वटा सामाग्री प्रदान गरिएको जानकारी दिए।

शिविरमा ६२ जिल्लाबाट सहभागी भएका मध्ये सबैभन्दा धेरै नवलपरासीका ९८ जनाले हात खुट्टा लगाएका छन्। यस्तै, चितवनका ७९, रुपन्देहीका २९, तनहुँका २५ र मकवानपुरबाट २३ जनाले निःशुल्क कृत्रिम हात खुट्टा लगाए। २५ वर्षसम्म हात खुट्टाविना बसेका व्यक्तिले पनि कृतिम हात खुट्टा जडान गरेको फाउण्डेसनका अधिकृत असेस बरालले बताए। उनका अनुसार ४ वर्षीय बच्चा देखि ८५ वर्षका वृद्धले कृतिम हात खुट्टा जडान गरेका छन्।

भारतबाट आएका चिकित्सक सहितको ८ जनाको टोलीले दैनिक २५ जनासम्मलाई हात खुट्टा जडान गरेका थिए। शिविरमा सहज सामुदायिक अस्पतालका १५ जनाले सहयोगी भूमिकामा खटिएको अस्पतालका पूर्वअध्यक्ष सुवेदिले बताए। शिविरमा गोली लागेर खुट्टा गुमाउनुपरेका, गोहीको आक्रमणमा परेका, करेन्ट लागेर हात-खुट्टा गुमाएका, मिलमा बेरिएर हाट खुट्टा गुमाएका, सवारी दुर्घटनामा परेका लगायत विभिन्न दुर्घटनाका पीडितहरू आएका सुवेदीको भनाई छ। 

स्थायी सेन्टर स्थापना गर्ने तयारी

नेपालमा करिब १ लाख व्यक्तिका लागि कृत्रिम हात-खुट्टा आवश्यकता पर्ने सरकारी तथ्यांक रहेको प्रबन्धक धितालले बताए। उनले नेपालमा अझै कृत्रिम हात खुट्टाको माग रहेकाले सहज अस्पताललाई केन्द्र बनाएर १ स्थायी सेन्टर स्थापना गर्ने गरी तयारी भइरहेको जानकारी दिएका छन्। 'कृतिम हात-खुट्टा जडान गरेका व्यक्तिहरूलाई नियमित निगरानी र आवश्यक परामर्ससँगै प्राविधिक सहयोग दीर्घकालसम्म आवश्यक परेको देखियो' प्रबन्धक धितालले भने 'त्यसका लागि पनि नेपालको मध्यभागमा रहेको सहज सामुदायिक अस्पताल आसपास १ स्थायी सेन्टरको तयारी भइरहेको छ।' उनका अनुसार अझै २ सय बढीले नाम टिपाएका छन्।

कार्यक्रममा चौधरी उद्योग ग्रामका प्रबन्धक सनिल नेपालले सोचेअनुरूप नै शिविर सफलतापूर्वक सम्पन्न भएको बताए। गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले कृत्रिम हात खुट्टा जडान जस्तो मानविय काम सरकारी स्तरबाट हुनुपर्नेमा जोड दिदै भने नगरपालीकाले मानविय कामका लागि आवश्यक नीतिगत रुपमा व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन्।

उद्योग बाणिज्य संघ नवलपुरका अध्यक्ष अमृत भट्टचनले निजी क्षेत्रबाट सामाजिक उत्तरदायित्वका यस कार्यबाट समाजका हात खुट्टा गुमाएका व्यक्तिहरुले लाभ लिनु खुसीको कुरा भएको बताउदै उनले भने सरकार तथा सामाजीक सघसस्थासँग सहकार्य गर्न बाणिज्य संघ तयार छ।

भग्वान महावीर विकलाङ सहयाता समिति (जयपुर फुट) को प्राविधिक सहयोग तथा भारतिय दूतावासको सहयोगमा सञ्चालीत निशुल्क सिविर सहज अस्पतालमा माघ ३ देखि फागुन ८ सम्म र नर्भिक अस्पतालमा पौष २७ देखि फागुन ८ गत्तेसम्म चलेको थियो। सिविरको बिहीबार एक कार्यक्रमका बीच गैँडाको ४ नवलपुरमा रहेको सहज सामुदायिक अस्पतालमा समापन गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.