|

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल एयरलाइन्सको वाइडबडी जहाज प्रकरणमा छानबिन सुरु गरेको छ। अख्तियारले सहसचिवको संयोजकत्वमा तीन सदस्यीय समिति बनाई छानबिन सुरु गरिएको पत्र संसद्को लेखा समितिलाई पठाएको छ।

अन्नपूर्ण पोस्टमा समाचार छ। वाइडबडीमा झन्डै ४ अर्बको भ्रष्टाचार ठहर गर्दै लेखा समितिले कारबाहीका लागि अख्तियारलाई पत्र पठाएको थियो। ‘अख्तियारले छानबिन सुरु गरेको पत्र समितिलाई प्राप्त भएको छ,’ लेखा समिति सभापति भरत शाहले भने, ‘अख्तियारले छिटो अध्ययन गरेर दोषीलाई कारबाहीका लागि पहल गर्छ भन्ने समितिको विश्वास छ।’

नेपाल एयरलाइन्सको वाइडबडीमा भ्रष्टाचारको ठहर गरेको लेखा समितिले विभागीय मन्त्रीलाई नैतिक जिम्मेवार ठहर गर्दै निगमको सञ्चालक समितिलाई निलम्बनका लागि सिफारिस गरेको छ। तर, अख्तियारले भने छानबिनपछि मात्र निलम्बनलगायत कारबाहीबारे अघि बढ्न सकिने जानकारी समितिलाई गराएको छ।

अख्तियारका प्रमुख आयुक्त नवीन घिमिरेले वाइडबडीमा कारबाहीका लागि लेखा समितिले पठाएको पत्रको शैलीबारे असन्तुष्टि जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.