|

एकदिवसीय विश्वकप क्रिकेटपछि सन्न्यास लिने घोषणा गरेका वेस्टइंडिज स्टार क्रिस गेलले आफू अझै पनि विश्व क्रिकेटको उत्कृष्ट ब्याट्सम्यान भएको प्रमाणित गरेका छन्। इंग्ल्यान्डविरुद्धको पहिलो एकदिवसीय खेलमा गेलले १२९ बलमा १ सय ३५ रनको सतकीय इनिङ खेल्दै आफुलाई फेरि एकपटक प्रमाणlत गरे। गेलको शानदार शतकिय इनिङका वावजुत वेस्ट इन्डिज पाँच खेलको एकदिवसीय सिरिजको पहिलो खेल जोगाउन असफल हुँदै ६ विकेटले पराजित भयो।

वेस्ट इन्डिजले टस जितेर पहिलो ब्याटिङ गर्दै ५० ओभरमा ८ विकेटको क्षतिमा प्रतिओभर ७.२ को रनरेटमा ३ सय ६० रनको विशाल योगफल तयार पार्‍यो । जवाफमा जसन रोय र जोए रुटले शतकीय इनिङ खेल्दा इंग्ल्यान्डले वेस्टइन्डिजद्वारा प्रस्तुत लक्ष्य ८ बलअघि नै भेटाउँदै गेलको सतकलाई छाँयामा पार्‍यो । इंग्ल्यान्डले ४८.४ ओभरमा ४ विकेटको नोक्सानीमा ३ सय ६४ रन जोडेको थियो। इंग्ल्यान्डको चेज रनरेट ७.४७ रहेको थियो।

इंग्ल्यान्डले वेस्टइंडिजको विशाल स्कोरलाई सहज बनाउने क्रममा सुरुवाति तीन विकेटका लागि मजबुत साझेदारी गर्‍यो। जोनी ब्यारिस्टो र रोयबीच पहिलो विकेटका लागि ९१ रनको साझेदारी भयो।  त्यसपछि रोयले रुटसँग दोस्रो विकेटका लागि १ सय १४ रनको साझेदारी गरे। रोय आउट भएपछि रुटले कप्तान इयान मोर्गानसँग तेस्रो विकेटका लागि १ सय १६ रनको अर्को ठुलो साझेदारी संभव बनाए। जसका कारण इंग्ल्यान्ड ४२.४ ओभरमा ३२१–३ को बलियो स्थितिमा पुगेको थियो।

इंग्ल्यान्डको ब्याटिङमा रोयले ८५ बलमा १५ चौका र ३ छक्का प्रहार गर्दै १ सय २३ रन बनाएका थिए। त्यस्ते रुटले ९७ बलमा ९ चौकाको मद्दतमा १ सय २ रन बनाए। उनले त्यस्तै  मोर्गानले ५१ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ६५ रन जोडेका थिए।

गेलको शानदार सतक

वेस्ट इन्डिजको ब्याटिङमा ओपनिङमा आएका क्रिस गेल एक्लै हावि भएका थिए। गेल इनिङको ४६.३ ओभरमा आउट हुँदा वेस्ट इन्डिज ३१७–६ को स्थितिमा थियो। गेललाई स्टोक्सले बोल्ड गरेका थिए। गेलले २ सय १६ मिनेट क्रिजमा समय विताउँदा सर्वाधिक १२ छक्का र ३ चौका प्रहार गरेका थिए। सो इनिङमा होपले ६५ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै दोस्रो सर्वाधिक रनका रुपमा ६४ रन प्रहार गरे। त्यस्ते डेरेन ब्राभोले ३० बलमा ४ छक्का र २ चौकाको सहयोगमा ४० रन जोड्दा इनिङ अन्त्यतिर नर्सेले ८ बलमा ३ छक्का र १ चौकाको विस्फोटक इनिङ खेल्दै २५ रन जोडेका थिए।

वेस्ट इन्डिज र इंग्ल्यान्डबीचको खेलमा बाउन्ड्रीको वर्षा भएको थियो। दर्शकहरुले दुवै इनिङमा छक्का र चौका प्रहार भएका दृश्यको आनन्द उठाए। समग्रमा दुवैतर्फका ब्याट्सम्यानले कुल २८ छक्का लगाएका थिए । वेस्ट इन्डिजबाट २२ र इंग्ल्यान्डबाट ६ छक्का प्रहार भए। तुलनात्मक रुपमा वेस्ट इन्डिज भन्दा इंग्ल्यान्डका ब्याट्सम्यान चौकामा केन्द्रित देखिएका थिए। इंग्लिस ब्याट्सम्यानले ३७ चौका प्रहार गर्दा वेस्टइन्डिजका खेलाडीको नाममा २१ चौका रह्यो। कुल इनिङमा ५८ पटक चौका हिर्काए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.